पेन्सन आउछु भन्थे तर कहिल्यै नउठने गरी जम्मु कश्मिरमा ढलेछन् दीपक

प्रकाशित मिति : १० असार २०७७, बुधबार १०:३०


बुटवल–भारतको जम्मु–कश्मिरमा भएको घटनामा परी गुल्मीका एक युवाको निधन भएको छ। भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गो लाबा रीमा परीनिधन भएको भन्ने खबर भारतीय सेनाबाट आएको उनको परिवारले जनाएको छ। उनी सोमबार बिहान साढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको परी गम्भीर घाइते भएका थिए । घटनामा परि गम्भीर घाईते भएका कार्कीको केही घण्टामै उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले पाकिस्तानी सेनाले कश्मिरमा गरेको घटनामा परि कार्की छत्रकोट वडा नं ५ खज्र्याङका शालिकराम कार्कीका छोरा भएको जानकारी दिइन्। १८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीका ९० वर्षीय बुवा, श्रीमती २ छोरी र एक जना छोरा रहेका छन्।

गत बर्ष नै भारतीय सेनाको सेवा १७ बर्ष पूरा भएपछि जागिर पुग्यो अब पेन्सन निक्लन्छु भन्थे गुल्मीका दीपक कार्की । पेन्सनपछिको सपनालाई जोडेर उनले गत बर्ष मात्रै रुपन्देहीमा नयाँ बनाएर बसाई सराई गरेका थिए । तर तिनै दीपक अब कहिल्यै रुपन्देही नफर्कन गरी भारतको कश्मिरमा ढ लेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्वर ५ मणिग्राममा घर बनाएर बसाई सराई गर्दै गत बर्ष पेन्सन निक्लेर आउने सोच सहित गएका कार्कीलाई हवल्दारको प्रमोशनले पेन्सन निक्लेर घर आउने सपना चुडालेको परिवारजन बताउँछन ।

छन त उनको गुल्मीको खज्र्याङ बजारमा पनि पक्की घर छ । आमाको निधन भइसकेको छ । ९० बर्षीया बाबु शालिकराम कार्की श्रीमति र दुई छोरी एक छोरा सहित मणिग्राम सरेका थिए । ९ बर्षीया, ७ बर्षीया छोरी र ४ बर्षीय एक छोरा रहेको दाजु कार्कीले बताए । ३/५ गोर्खा राईफल्समा रहेका कार्कीका पुख्र्यौली घर साविक खज्र्याङ गाविस वडा नम्वर ७ गल्फाकोटमा पर्दछ ।

मृतक कार्कीका दाजु कृष्ण बहादुर कार्की केहीदिन अघि भारतबाट आएर २४ दिनदेखि गुल्मीको छत्रकोट गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका छन्। मृतक कार्कीको भारतको गोरखपुरमा सेनाको टुकुडीले सम्मान अर्पण गरेपछि गोरखपुरमा अन्त्येष्टि गरिने मृतकका दाजु कृष्ण बहादुर कार्कीले बताए।

उनी कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन्। जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए। ३–५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत कार्कीकोनिधन बारे भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले पुष्टि गरेका थिए। भिडियो तल हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्