आहा ! धौलागिरि

प्रकाशित मिति : १० असार २०७७, बुधबार १३:५९


धौलागिरि (वा धवलागिरि) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि हिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा काली गण्डकीको गहिरो गल्छीको अर्कोपट्टि अन्नपूर्ण हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ “सेतो पहाड” हुन्छ।

सन् १८०८मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो। स्थानीय भूधरातलमा भएको अग्लाइको आधारमा धौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपूर्वमा ३० किमिको तेर्सो दूरीमा कालीगण्डकीको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ। धौलागिरि र अन्नपूर्णजस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रूपमा लिइन्छ।

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको धौलागिरि हिमाल । तस्वीर ः खेमराज गौतम

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्