तपाइको घर जग्गा काठमाण्डौंमा छ ? त्यसो भए महानगरपालिकाले ल्यायो कर उठाउँन नयाँ नियम (सूचिसहित)

प्रकाशित मिति : १० असार २०७७, बुधबार १६:२३


काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाका कारण अप्ठेरोमा परेका उपत्यकाका बासीन्दाका लागि केही छुट सहित सम्पत्ती कर सार्वजनिक गरेको छ । काठमाडौंमा सम्पत्ती भएकाहरुले सरकारलाई बुझाउनु पर्ने करको विवरण सार्वजनिक भएको हो । तर कोरोनाका कारण अप्ठेरोमा परेका सम्पत्ती हकवालाहरुका लागि १० प्रतिशत सम्म छुटको ब्यवस्था गरेको छ । यो छुट वक्यौतामा भने लागू हुने छैन । कोरोनाको प्रभाव भएको समयका लागि मात्र छुट लागू हुनेछ ।

कोरोनका कारण ३ महिना भन्दा बढी मुलुक ठप्प छ । उद्योग कलकारखाना, सरकारी कार्यालय विद्यालय लगायत कुनै पनि ब्यवसाय संचालनमा छैनन् । जसका कारण मुलुकलाई आर्थिक भार परेको छ । सरकारका अर्थ मन्त्रीले सरकारको मासिक खर्च ४० अर्व भएको र अहिले १५ अर्व मात्र संकलन भएको बताएका थिए । त्यसैले अब सरकारले खर्च ब्यवस्थापनका लागि करलाई थप कडाई गर्ने देखिएको छ ।

हामी सर्वसाधारणको अवस्था पनि कम समस्याको छैन । दुखजिलो गरेर स्थापना गरेका उद्योग पसल ब्यवसाय ठप्प छन् भने घमा भाडामा बस्नेहरुले पनि भाडा तिर्न सक्ने अवस्था छैन । त्यसैले अब सरकारलाई कति कर बुझाउनुपर्छ भन्ने कुरा चासोको विषय हुन सक्छ ।

महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७र७८ को बजेटसँगै आर्थिक विधेयक पनि सार्वजनिक गरेको छ । जसमा तिर्नु पर्ने करको वारेमा स्पष्ट ब्याख्या गरिएको छ । तपाईको सम्पत्ती कति छ र अब महानगरपालिकालाई कति कर बुझाउनु पर्छ भन्ने उल्लेख गरिएको छ ।

आर्थिक विधेयकअनुसार तपाईंसँग १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा वा सम्पत्ती त्यस वापत अब ०।०१ प्रतिशत कर तिर्नुपर्छ । यसको मुल्य १ हजार रुपैया हुँछ । यो कर तपाईले महानगरपालिकालाई तिर्नुपर्छ ।

त्यसैगरी, २ करोडको घरजग्गा र सम्पत्तीको लागि २ हजार ५ सय, ३ करोडको सम्पत्ती छ भने ४ हजार ५ सय ४ करोडको छ भने ८ हजार ५ सय, ५ करोडको सम्पत्ती छ भने १४ हजार ५ सय, ६ करोडको छ भने २४ हजार ५ सय, ८ करोडको छ भने ८४ हजार ५ सय, १० करोडको छ भने १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ ।

१० करोड रुपैयाँभन्दा माथि मूल्यपर्ने समपत्ति छ भने जतिसुकै भएपनि मूल्यको ०।६० प्रतिशत कर तिर्नुपर्नै करको ब्यवस्था गरेको छ । कोरोना भाइरसका कारण अप्ठेरोमा परेकाहरुका लागि सम्पत्ति करमा १० प्रतिशत छुट दिने निर्णय गरिएको छ । जसअनुसार ०७७ पुस मसान्तभित्र कर दाखिला गरिसक्नु पर्नेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्