मारुती सुजुकी स्वीफ्ट किन्न २५% डाउन पेमेन्ट भए पुग्ने, यस्तो छ नगद छुट र मासिक किस्ता

प्रकाशित मिति : १० असार २०७७, बुधबार १८:५१


काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले कोरोना भाइरसको संक्रमणको कारण लामो लकडाउनले मानिसको आम्दानीमा ह्रास आएको समयमा २५ प्रतिशत डाउन पेमेन्टमा स्वीफ्ट किन्न सक्नेगरि योजना ल्याएको छ । कम्पनीको यस योजनामा ग्राहकले गाडीको मूल्यको २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने छ । अहिले स्वीफ्ट नेपालमा दुई भेरियन्टमा बिक्री वितरण भइरहेको छ । भिएक्सआई र जेडएक्सआई मोडलको मूल्य क्रमश २९ लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यी दुबै मोडल किन्न चाहने ग्राहकलाई कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिएको कारण भिएक्सआई भेरियन्टको खरिद मूल्य २८ लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको ३१ लाख ९९ हजार रुपैयाँ हुन्छ ।

यस्तोमा भिएक्सआई भेरियन्टको मासिक किस्ता, डाउन पेमेन्ट र व्याजदर थाहापाउन यहाँ क्लिक गर्नुहोला । त्यसैगरि जेडएक्सआई भेरियन्टको डाउन पेमेन्ट, व्याजदर र मासिक किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोला ।

यसमा कम्पनीले एक वर्षको सडक दस्तुर, एक वर्षको बीमा सुविधा जस्ता अफरसमेत दिएको छ । कम्पनीले स्वीफ्टमा बीएस ६ मापदण्डको ११९७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले ६००० आरपीएममा अधिकतम ८२ बीएच पावर र ४२०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । नेपाली बजारमा सन् २००५ देखिनै बिक्री वितरण हुँदै आएको स्वीफ्ट निकै सफल मोडल हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्