भारतीय चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनाग्रस्त (भिडियो हेर्नुस्)

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १२:०४


एजेन्सी । बलिउड लोकप्रिय अभिनेता गोविन्दाका छोरा सवार कार दुर्घटनामा परेको छ । भारतीय मिडियाका अनुसार गोविन्दाको कारलाई आदित्य चोपडाको कम्पनी यशराज फिल्म्सको कारले ठक्कर दिएको हो ।

ठक्करबाट कुनै मानविय क्षती भने नभएको र कारमा सवार दुवै पक्षको अवस्था सामान्य रहेको छ । गएराती घटेको घटनापछि दुवै पक्षको समझदारीमा मामिला सुल्झाइएको छ । दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ । जसमा गोविन्दाका छोरालाई सामान्य चोट लागेको देख्न सकिन्छ ।

भिडियोमा उनी सहयोगीसंग खोच्याएर हिडेका छन् । उनले मर्सडिज गाडीले आफ्नो कारलाई ठक्कर दिएको बताएका छन् । दुर्घटना लगत्तै कसैले उनको भिडियो खिचेर सार्वजनिक गरेको छ । दुर्घटनामा गोबिन्दका छोरा घाइते भए पनि उक्त कार गोविन्दको रहेको खुलेको छ । तल हेर्नुहोस दुर्घटनाका तस्विर र भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्