नेपालमै स्वर्ग जस्तो ठाउँ ६ तस्विरमा हेर्नुहोस

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १२:३४


जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल अन्तर्गतको मुस्ताङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ।

नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जोमसोम गाँउ विकास समितिको कूल जनसङ्ख्या १,३७० मध्ये ७०२ पुरुष र ६६८ महिलाहरू ४३० व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन। तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ।

जोमसोम अन्नपूर्ण हिमश्रृङ्खलाको उत्त पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेक भएको हुनाले दिउसको समयमा उच्च बेगले हावा बहने गर्दछ। जोमसोममा जोमसोम एअरपोर्ट छ जहाँबाट पोखरा सम्म सिधा हवाई सम्पर्क हुने गर्दछ। त्यसका साथै यहाँबाट काली गण्डकी नदीको तीरै तीर हुँदै गोरेटो बाटोले दक्षिणमा बेनी तथा बाग्लुङ बजार सम्म यसलाई जोड्ने गर्दछ। हाल बेनी बाट जोमसोमलाई जोड्न एक सडक पनि निर्माण हुँदै छ।

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्वीर ः निरज थकाली
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । पानी परेपछि जोमसोम र खेतबारीको दृश्य मनोरम देखिएको छ । तस्वीर ः निरज थकाली
जोमसोम रात्री समय
रोमाञ्चको यात्रा जोमसोम
मुस्ताङ जिल्लामा अवस्थित जोमसोम गाउँ को एक दृश्य
जोमोसोम थिनी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्