पोर्चुगलमा हराइरहेका गरुङ्ग मृत अवस्थामा फेला परे !

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १२:५१


एजेन्सी । विदेशमा धन कमाउन भन्दै गएका धेरै युवा वाकसमा फर्कने गरेका छन् । परिवारको सपना सजाउन पुगेका युवा आफै सपना बन्ने गरेका धेरै उदाहरण दिनहुँ हुने गरेका छन् । हालै पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिखदेखि हराइरहेका एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । पोखरा बुद्धचोक स्थायी घर भएका १९ बर्षीय नेपाली युवा सिद्धान्त गुरुङ मृत अवस्थामा फेला परेको पोर्चुगलमा बस्ने नेपालीहरुले जानकारी दिएका छन् ।

प्रहरीले उनको शव नदीवाट निकालेको छ । राती करिब साढे २ वजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट शव प्रहरीले वाहिर निकालेको हो । प्रहरीले हराएको खबर पाएकै दिन उनको खोजी गरेको थियो । तर हराएको ८ दिन पछि मात्र प्रहरीलाई खबर गरिएको थियो । बुवा आमासंग बस्दै आएका उनी ब्यायाम गर्न निस्के पछि घर फर्केका थिएनन् । ८ दिन सम्म परिवारका सदस्यले आफन्त र साथीभाईकोमा खोजी गरेका थिए । आफुहरुको प्रयासले मात्र खोजी गर्दा फेला नगरेपछि प्रहरीको सहयोग लिइएको थियो ।

शव फेला परेपछि मात्र उनको नेपाल स्थित परिवारका अन्य सदस्यलाई घटनाको जानकारी गराइएको थियो । मृतक सिद्धान्तको शब पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ । लकडाउनका कारण शव नेपाल ल्याउन कठिन हुने भएकाले एनआरएनएको सहयोगमा पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ । एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष कमल मान गुरुङले त्यसको तयारी भएको बताएका छन् ।

उनी व्यायामको लागि घर वाट निस्केका थिए । तर उनी फेरी कोठामा फर्कीएनन् । उनको निधनको खबर नेपाल स्थिति परिवारका अन्य सदस्यले ८ दिन पछि मात्र पाएका थिए । गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए । गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना बाबु आमासँग बसोबास गर्दै आईरहेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्