सुशान्तको मृत्यु पछि पुर्वप्रेमिका अंकिताले दिइन सुशान्तको परिवारलाइ दह्रो साथ, बुवाले अंकिताको बारेमा भावुक हुँदै यसो भने !

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १७:११


बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको १५ दिन भइसकेको छ । उनको निधनको ११ दिन पछि पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक भइसकेको छ । तर आफ्नो एक मात्र छोरा गुमाएका सुशान्तका वुवाको आँखा भने अझै ओभाएको छैन । उनी अहिले पनि आफ्ना छोराको स्मरणमा टोलाउँदै बसेका छन् । उनले छोरालाई लिएर भविष्यका योजना बनाएका थिए । केही महिना पछि सुशान्तको विवाहको कुरा पनि चलेको थियो ।

सुशान्तसंग विवाहका बारेमा आफुले कुरा गरेको उनले बताएका छन् । तर उनले सुशान्तको प्रमिका भनिएकी रियालाई भने नचिनेको बताएका छन् । उनले निकै आश्चर्यजनक कुरा भनेक छन् । उनले सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् ।

भारतीय सञ्चार माध्यमले रियालाई सुशान्तको प्रेमीका भनेर दावी गरिरहँदा सुशान्तका बुवाले भने आफुले सुशान्तको साथीको रुपमा अंकितालाई मात्र चिनेको बताएका छन् । शोकमा रहेका उनका वुवाले अंकिताले सुशान्तको निधन पछि पनि दिएको साथको प्रशंसा गरेका छन् ।

अंकिताले सुशान्त जिवित छँदा पनि उसको साथ कहिल्यै छोडिनन् सुशान्तको निधन पछि पनि अंकिता हाम्रो साथमा छन्, उनले भनेका छन्, म सुशान्तको साथीका रुपमा अंकितालाई मात्र चिन्छु । केही मिडियाले रियाको नाम पनि लिएका छन् तर म उनलाई चिन्दिन ।

उनले अंकितासंग आफ्नो बेलाबेलामा कुराकानी पनि हुने गरेको बताएका छन् । तर रियासंग भने आफ्नो कहिल्यै कुरा पनि नभएको बताए । मनमा सानो कुरा पनि नलुकाएर आफुलाई सबैकुरा ब्यक्त गर्ने छोराले आफ्नो जिवन नै त्याग्ने निर्णय गरे भन्ने कुरा उनलाई अहिले पनि विश्वास लागेको छैन ।

उनले भने, सानो हुदाँ मनमा केहि कुरा राख्न सक्दैनथ्यो । सबै कुरा दिदीलाई र मलाई सुनाउँनै पर्थ्यो । अंकिताले सुशान्तको निधन पछि पनि दिएको साथको प्रशंसा गर्दै उनले भनेका छन्, अंकिता हामीलाई सान्तवना दिन मुम्बई मात्र हैन सुशान्तलाई अन्तिम पटक बिदाई गर्न पटना पनि आएकी थिइन् । उनले आफुले पनि अंकितालाई निकै माया गर्ने गरेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्