सुशान्तको १३ औं दिनको पुण्य तिथीमा परिवारले गर्यो ६ बोल्ड निर्णय

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १३:१५


काठमाण्डौं – सुशान्त सिंह राजपुतले जुन १४ गते आफ्नो जीवनको अन्त्य गरे । उनको निधनले पुरै बलिउड, उनको फ्यान तथा परिवारजन शोकमा डुबेको छ । उनको निधनमा बलिउड २ धारमा परिणत भएर नेपोटिजमको बहस शुरु गरेका छन् । सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए । ४ दिदीहरुलाई भाइ बिना रक्षा बन्धन खल्लो लागेपछि छोराको चाहान बढेको थियो । सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।

जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।” सुशान्तका पिता केके सिंहले भारतीय सञ्चार माध्यमसँग आफ्ना छोराबारे कुरा गर्दै भने हामी सुशान्तलाई भगवानको उपहार मान्थ्यौँ तर भगवान्ले नै छिट्टै छाडेर गए । कुराकानीका क्रममा खुल्दै गएका केकेले भने, “अरु बेला वास्ता नभएपनि दिवाली खल्लो लाग्ने गर्थ्यो,छोरीहरुले भाइको रहर गरेपछि हामीले भाकल गरेर उस्लाई जन्माउको हौं” सुशान्तको १३ औं दिनको पुण्य तिथीमा उनको परिवारले एउटा पत्र सार्वजनिक गर्दै सुशान्तको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने लगायतका ६ ओटा निर्णय गरेका छन् ।

१) उ हाम्रो लागि सधै महत्वपुर्ण रहनेछ ।

२) उस्ले फ्यानको सधै मान राख्ने गर्थ्यो ।

३) सुशान्त सिंह राजपुतको नाममा फाउन्डेसन खोल्ने र युवाहरुको क्षमतालाई पहिचान गरेर सिनेमा, बिज्ञान र खेलकुदमा आउन चाहनेलाई मद्दत गर्ने ।

४) सुशान्तको पटनाको घरलाई मेमोरियल बनाउने र उस्को टेलिस्कोप, किताबलगायत उनको सामान त्यहाँ राख्ने ।

५) उनको सोसल मिडिया अकाउन्ट परिवारले चलाउने

६) सुशान्तको फाउन्डेशनको इमेल ssrliveson[at]gmail.com हो । केहि प्रतिक्रिया भए यही जिमेलमा पठाउन सकिने छ ।

त्यस्तै बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा नयाँ मोड सार्वजनिक भएको छ । प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो । सुशान्तको निधन पछि घटनालाई लिएर अनेक अड्कलवाजी गरिएको छ ।

उनी मानसिक रुपमा विरामी भएको, डि प्रेशनमा गएको लगायतका अनुमान लगाइएको छ । साथै प्रेमिका रिया चक्रवतिसंगको झगडा भएको हुनसक्ने अनुमान पनि गरिएको छ । प्रहरीले रियासंग पनि वयान लिइसकेको छ । सुशान्तका एक जना साथी संदीप सिंह अचानक प्रहरी कार्यालय पुगेर सुशान्तको निधनको कारण मलाई थाहा छ भन्दै प्रहरी कार्यालय पुगेका छन् ।

उनले त्यसवारेमा प्रहरीलाई जानकारी पनि दिएको बताएका छन् । प्रहरी कार्यालयवाट बाहिर निस्केका उनलाई तत्काल सञ्चारकर्मीले घेरेका थिए । उनले आफुसंग भएको प्रमाण प्रहरीलाई दिएको र संचारकर्मीका माझमा भने समय आएपछि मात्र त्यसवारे खुलाउने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै त्यसवारे केही संकेत भने गरेका छन् । संदिपले आफु सुशान्तसंग एक फिल्म संगै गर्ने योजनामा रहेको बताएका थिए । फिल्मको नाम “भारतम” थियो । सुशान्तको निधन पछि प्रहरीले उनीसंग नजिक रहेका धेरैसंग वयान लिइसकेको छ । तर संदिपलाई भने प्रहरीले बोलाएको थिएन । उनी आफुसंग सुशान्तको निधनको कारण यस्तो हो भन्दै प्रमाण लिएर प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरी कार्यालय पुगेका संदिपले भनेका छन्, म अहिले नै यो वारेमा सार्वजनिक रुपमा भन्न सक्न्दि । म संग सुशान्तको निधनसंग जोडिएका थुप्रै कुरा छन् । जो कुरा मैले मुम्बई प्रहरीलाई भनिसकेको छ । अहिले सम्म सुशान्तको फरेन्सिक रिपोर्ट आएको छैन । मैले दिएको प्रमाण र त्यो रिपोर्टसंग केही कुरा अवश्य मिल्छ । फरेन्सिक रिपोर्ट आउन अझै केही दिन लाग्ने बताइएको छ ।

जतिवेला सुशान्तको निधन भयो त्यतीवेला उनको घरको सिसीटिभी क्यामेराले काम नगरेको बताइएको भएपनि प्रहरीले त्यो गलत भएको जनाएको छ । उनको घरको सिसीटिभी क्यामेराले काम गरेको छ । घटना भएको बेलामा सुशान्तको प्यारो कुकुर फज अर्को रुममा थियो । सुशान्तकी साथी पायल रोहतगीका अनुसार उनको ट्वीटर एकाउण्टवाट लगायत केही कमेन्ट डिलिट भइरहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्