सुशान्तको निधन पछि वहिष्कारमा परेका करण जोहरले गरे यति ठूलो निर्णय, दीपिकाले फकाउँदा पनि मानेनन् !

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १४:०६


एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि परिवारवादलाई लिएर सबैको तारो बनेका फिल्म निर्देशक करन जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात् मामीवाट राजिनामा दिएका छन् । सुशान्तको निधन पछि बलिउडमा स्टार किड्सको विषयलाई लिएर ठूलो वहस सुरु भएको छ ।

निर्देशक तथा फिल्म निर्माता करण जोहरले स्टार किड्सलाई मात्र अवसर दिने र फिल्मी क्षेत्रभन्दा बाहिरका कलाकारलाई कलाकार नै नमान्ने गरेको भन्दै उनको निकै आलोचना भएको छ ।

करण जस्तै निर्देशक र फिल्म निर्माताका कारण बलिउडमा सुशान्त जस्ता कलाकारले अवसर नपाएको र देह त्यागको निर्णय गर्न बाध्य भएको भन्दै वहस सुरु भएको हो । सबै भन्दा बढी आलोचना करण जोहरकै भएको छ । मामीको यो फिल्म फेस्टिबलका बोर्ड सदस्य थिए ।

भारतीय सञ्चार माध्यमले करनले मामीकी निर्देशक स्मृति किरणलाई राजीनामा पठाएका छन् । उनले मेलमार्फत् राजिनामा पठाएका हुन् । फेस्टिबलकी सभापतिसमेत रहेकी नायिका दीपिका पादुकोणले करनलाई राजिनामा नदिन बारम्बार अनुरोध गरेकी थिइन् ।

तर उनले दीपिकाको कुरा नसुनेर राजीनामा बुझाएका हुन् । मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र कबिर खान समावेश छन् ।

दर्जर्नौलाई फिल्ममा अवसर दिएका करण माथि अहिले यसरी प्र’हार भइरहँदा उनै कलाकारले साथ नदिएको भन्दै करण रि’साएका छन् । करणलाई स्टार किड्सलाई मात्र अवसर दिएको आरोप लागेको छ । आलोचना सहन नसकेर उनले सामाजिक सञ्जाल चलाउन समेत छोडिदिएका छन् । तर उनलाई कुनै पनि कलाकारले सहयोग नगरेको भन्दै रि’साएको बताइएको छ ।

करन जोहर सामाजिक सञ्जालमा सकृय हुने कलाकार हुन् । तर लगातार उनी माथि यस्तो आरोप लगाएर सामाजिक सञ्जालमै वहिष्कारको अभियान संचालन भएपछि उनी सामाजिक सञ्जाल देखि टाढा छन् । पछिल्लो केहि दिनदेखि आफूलाई लो प्रोफाइलमा राखिरहेका छन् ।

उनले ट्वीटरमा ८ व्यक्ति (अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र आफ्नै कार्यलयका चार सदस्य) बाहेक सबैलाई अनफलो गरेका छन् । साथै सर्वसाधारणका लागि इन्स्टाग्रामको कमेन्ट सेक्सन पनि लक गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्