आज अप्रत्याशित रुपमा सुनको मुल्य ह्वात्तै बढ्यो

प्रकाशित मिति : १४ असार २०७७, आईतवार १६:२५


कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य रु ९४५ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्