धान दिवसको अवसरमा नेकपाका उपाध्यक्ष गौतमले धान रोप्दै सबै किसानलाई दिए शुभकामना

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १३:०९


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा धान रोपेर सबै नेपाली किसानहरुलाई धान दिवसको शुभकामना दिएका छन् । उनले ललितपुरको भैसेपाटी स्थित आफ्नो घर नजिकैको खेतमा परिवारका अन्य सदस्यहरुसंग धान रोपेर शुभकामना दिएका हुन् ।

ताजा खबरसंग कुरा गर्दै नेता गौतमले सबै नेपाली किसानले भूमिबाट नै व्यवसायी उत्पादन हुने भन्दै त्यसकोलागी कसैले पनि कुनै पनि खेत बाँझो नराखेर आफ्नो खेतमा धान रोप्न आग्रह पनि गरेका छन् । उनले प्रत्येक नेपाली किसान कृषि उत्पादनबाटै धनी हुने भन्दै आफूसंग भएको जमिनमा मेहेनतका साथ सबैले आ आफ्नो खेतमा धान लगाउन सुझाव दिएका छन् ।

नेपाल किसान महासंघका इन्चार्ज समेत रहेका नेता गौतमले अहिले नेपालमा सलह जातको जीव आएको र यसले किसानका अन्नवालीमा ठूलो नोक्सान पुर्याउने भन्दै सरकारले त्यस नोक्सानलाई रोक्नतर्फ ध्यान दिनुपर्ने बताए । साथै उनले सरकारले सलहबाट किसानलाई हुने नोक्सानको क्षतिपूर्ति समेत दिनुपर्ने बताए ।

नेपाल प्रवेश गरेको सलहले खेतीबालीलाई नोक्सान पुर्याउने भएता पनि नेपालको भौगोलिक अवस्थाका कारणले यसले नेपालमा खासै असर नपुर्याउने बताए । नेता गौतमले सहल विशेषगरी पश्चिमतिरबाट बगेको हावाले नेपालमा प्रवेश गरेको भन्दै यो हावाको बहाब अनुुसार नै बहकिने भएको हुनाले एकै ठाउँमा नबस्ने भएकाले यस्को प्रभाव नेपालको अन्न बालीमा खासै नपर्ने बताए ।

नेता गौतमले सलह धेरै माथि उड्न नसक्ने भन्दै यसबाट अन्न बालीलाई जोगाउनकालागी सलह भएको ठाउँमा आगोको मुस्लो बाल्न पनि किसानलाई सुझाव दिएका छन् । साथै उनले सलह ठुलो आवजले पनि भाग्ने भन्दै किसानहरुलाई ढ्यांग्रो ठटाएर सलह भगाउन आग्रह गरेका छन् । गौतमको अनुभवमा पहिला पनि सलह जस्तै जीवले नेपाल प्रवेश गर्दा पुर्खाहरुले आगोको मुस्लो र ढ्यांग्रो ठटाएर भगाउने गरेको पनि अनुभव सुनाए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्