दाङमा महिलालाई सबै कपडा खोल्न लगाएर एक्सरे गरेपछि….

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १८:२५


दाङ । महिलालाई एक्सरे गर्ने वहानामा पुरै लुगा खोल्न लगाएर नाँ गै वनाउने एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । छातीको एक्सरे गर्न गएकी महिलालाई श’रिरका सबै लुगा खो ल्न लगाउने स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । महिलाका पतिले दिएको उजुरीको आधारमा दाङको घोराहीमा रहेको नीजि अस्पतालका स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । घोराहीमा रहेको गोरखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक्सरे गर्ने वहानामा महिलालाई नां गै ब’नाएका थिए ।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई ना ङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

डाँगीले महिलालाई कम्मर तलको लुगा पनि फु’काल्न लगाएका थिए । महिलाका पतिले दिएको उजुरीका आधारमा डाँगीलाई पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले बताएका छन् । छा’तीको एक्सरे गर्न गएकी महिलालाई डाँगीले छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएको भन्दै महिलाका पतिले उजुरी दिएका थिए ।

यो पनि : काठमाण्डौंमा धीरज राईले पनि गरे देहत्याग

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झु ण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले राससलाई जानकारी दिनुभयो । घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिनुभएको थियो । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताउनुभयो । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे ।

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि झु ण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताउनुभयो । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उहाँले बताउनुभयो । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए ।

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि देहत्याग गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्