आफ्नो प्रिय साथी सुशान्तको स्मृतिमा ५ सय ५० परिवारलाई सहयोग गर्दै भुमि

प्रकाशित मिति : १५ असार २०७७, सोमबार २३:५५


एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री हुन् भूमि पेडनेकर । उनले १५ दिनअघि निधन भएका अभिनेता सुशान्त सिंह राजपुतलाई सम्झिदै गरिबहरुलाई खाना खुवाउने भएकी छिन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फालेका सुशान्तको सम्झनामा अभिनेत्री भूमिले एकसाथ फाउन्डेसनमार्फत ५ सय ५० गरिब परिवारलाई खाना खुवाउने भएको भारतिय मिडियामा जनाइएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पनि गरिब परिवारलाई खाना खुवाउन लागेको जानकारी गराएकी छिन् । अभिनेत्री भूमि पेडनेकर र अभिनेता सुशान्त सिंह राजपुतले एकसाथ फिल्म सोनचिडिया अभिनय गरेका थिए ।

त्यस्तै बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म उनको मृत्यु भइसकेपछि अन्ततः रिलिज हुने भएको छ । उनको अन्तिम फिल्म ’दिल वेचारा’को निर्माण कम्पनीले उनको फिल्म रिलिज गर्ने मिति तोकेको छ । फिल्म निर्माण कम्पनीका अनुसार फिल्म डिज्नी प्लस हटस्टारमार्फत् आउँदो जुलाई २४ मा रिलिज हुँदैछ ।

सुशान्तले छायाँकन पूरा गरेको यो अन्तिम फिल्म हो । यसअघि उनी फिल्म ’छिछोरे’मा देखिएका थिए । मुकेश छाब्रा निर्देशित ’दिल वेचारा’ हलिउड फिल्म ’द फल्ट इन आवर स्टार्स’को रिमेक हो। फिल्ममा सुशान्तसँगै सञ्जना सांघीको मुख्य भूमिका रहनेछ।

डिज्नी प्लस हटस्टारले इन्स्टाग्राममार्फत् फिल्मको डिजिटल रिलिज बारे जानकारी गराएको हो। फिल्मको पोस्टर सेयर गर्दै लेखिको छ, ’एउटा प्रेम र आशाको कथा। यो फिल्म स्वर्गीय सुशान्त सिंह राजपुतको सम्झना पनि हुनेछ। सधैंका लागि।’ सुशान्तका लागि श्रद्धञ्जली स्वरुप फिल्म प्ल्याटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ।

 

View this post on Instagram

 

🙏 . . . @eksaathfoundation

A post shared by Bhumi✨ (@bhumipednekar) on

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्