हलचल मच्चिने गरि प्रधानमन्त्री ओलीको राजिनामा माग !

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १७:२६


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कृयाकलाप र अभिब्यक्तिका कारण पार्टीकै शिर्ष नेताहरु ओलीसंग रिसाएका थिए ।

प्रधानमन्त्री ओलीले आइतवार आयोजित मदन भण्डारी स्मृति सभामा आफुले नेपालको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीवाट हटाउन भारतसंग मिलेर चलखेल गरेको अभिब्यक्ति दिएका थिए । आफुहरु माथि प्रधानमन्त्रीले त्यती ठूलो आरोप लगाएपछि नेकपाका नेताहरु रुष्ट भएका थिए ।

बैठकमा उठ्दै नउठेको विषयमा प्रधानमन्त्रीले आफै अनावश्यक टिप्पणी गरेपछि अप्ठेरोमा परेका हुन् । प्रधानमन्त्रीको सो अभिब्यक्तिपछि आजको वैठकमा राजिनामा माग्ने आँकलन सहितको समाचार प्रकाशन भएके थियो । नेकपाका केही नेताहरुले प्रधानमन्त्रीले नै फायर खोलेपछि मंगलवारको बैठकमा उनको राजिनामा माग गर्ने बताएका थिए । नभन्दै अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् ।

मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने प्रस्तावमा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि समर्थन जनाएका छन् । उनीहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

बैठकको सुरुमै बोल्न थालेका अध्यक्ष प्रचण्डले नै राजिनामाको कुरा उठाएका थिए । मन्त्यब्यको अन्त्यमा कडा रुपमा प्रस्तुत भएका उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए।

त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै राजिनामा मागेका थिए । प्रचण्डले बैठकमा भनेका छन् ‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ, अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’

मंगलवारको बैठकमा आफ्नो राजिनामाको कुरा उठ्ने आँकलन गरेका प्रधानमन्त्री ओली बैठक सुरु हुन अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । उनी करिब ४० मिनेट सितल निवासमा विताएको बताइएको छ ।

क्षामायाचना : प्रेस काउन्सिलवाट मिति २०७६, ०३, १९ गतेको पत्र प्राप्त भयो । सो पत्रमा इताजा खबरमा असार १६ गते प्रकाशित समाचार प्रति प्रेस काउन्सिलले चासो देखाएको छ । अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा पार्टी भित्रैका मुख्य नेतारुवाटै मागिएको छ ।

समाचार यो विषयमा केन्द्रित हो । हामीले मुख्य नेताहरुले प्रधानमन्त्री समक्ष राजिनामा मागेका कारण राजनीतिमा हलचल भन्ने अर्थमा समाचार पस्किन खोजेका हौं । तर त्यसमा राखिएको हेडलाइन्ले गलत अर्थ पर्न गएकोमा क्षमा चाहन्छौं । हाम्रो मनसाय सर्वसाधारणमा भ्रम छर्ने कदापी होइन । तर सानो असावधानीका कारण गलत अर्थ बुझिन गएकोमा क्षमा माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रण गर्दछौं । आगामी दिनमा पनि हामीलाई यस्तै सुझाव दिनुहुनुनेछ भन्ने अपेक्षा सहित धन्यवाद ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्