१ प्रतिशत ब्याजदरमा यसरी किन्न सकिन्छ होन्डा एक्सआर १९०एल

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १२:४५


काठमाडौं – युवाहरुले निकै नै रुचाएको होन्डाको बाइक एक्सआर १९०एल किन्नका लागि १ प्रतिशत ब्याजदरमा सुविधा उपलब्ध छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले एक्सआर १९०एल का लागि विशेष अफर उपलब्ध गराइरहेको छ । होन्डाले अन्य बाइक वा स्कुटरका लागि विभिन्न अफर उपलब्ध गराएको भए तापनि एक्सआर १९०एल का लागि भने यो अफर मात्र उपलब्ध छ । होन्डा एक्सआर १९०एल को मूल्य ५ लाख ९४ हजार ९ सय रुपैयाँ छ ।

यसका लागि शुरुमा ६० प्रतिशत डाउन पेमेन्टको रुपमा ३ लाख ५६ हजार ९४० रुपैयाँ बुझाउनु पर्छ । बाँकी रकम एक वर्ष भित्र महिनाको करिव १९ हजार ९ सय रुपैयाँको दरले बुझाउनु पर्छ । शुरुमा बाइक किन्दा पहिलो महिनाको इएमआई अर्थात किस्ताको साथै रजिष्ट्रेसन शुल्क १ हजार र इन्स्योरेन्स शुल्क १२ हजार ५ सय रुपैयाँ समेत बुझाउनु पर्छ । यसको आधारमा बाइक किन्नका लागि शुरुमा ३ लाख ७० हजार ४४० रुपैयाँ बुझाउनु पर्ने स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।

होन्डा एक्सआर १९०एल युवाहरुले निकै नै रुचाएको बाइक हो । हाल यो बाइकका लागि धेरैले प्रतीक्षा गरिरहेका छन् । २५० सीसीको एक्सआर रुचाउने युवाहरुले सस्तो मूल्यमा पाउने भएकाले पनि यो बाइक धेरैको रोजाइमा परेको छ । होन्डाले लकडाउनको समयका लागि ल्याएको विभिन्न योजना मध्ये तेस्रो योजना अन्तर्गत एक प्रतिशत ब्याजमा होन्डाका मोटरसाइकल तथा स्कुटर किन्न सकिन्छ । यो योजनमा ग्राहकले १ प्रतिशतमा ब्याज दरमा ऋण प्राप्त गर्छन् र यसको अवधि एक वर्ष हुन्छ । यसको अर्थ बाइक वा स्कुटर किन्नका लागि होन्डाले आफै ऋण उपलब्ध गराउँछ र सो ऋण एक वर्ष भित्र तिर्न सकिन्छ । यस योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्