टंक र प्रविशाको ‘तमी बाहेक’ रिलिज (भिडियो सहित)

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १३:३१


काठमाण्डौं – पछिल्लो समयमा युवाहरुका ढुकढुकी बनेका गायक टंक तिमिल्सिनाको नयाँ गीत रिलिज भएको छ। गीत संगितको क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका टंक तिम्सिना र प्रविसा अधिकारीको नयाँ गित सार्वजनिक भएको हो । ‘तमी बाहेक’ बोलको गीत फरक पाराको छ ।

नेपालको पश्चिमी क्षेत्रका भुभाग देखाइएको गीतमा पश्चिमी भेगमा बोलीने भाषालाई गीतमा प्रमोशन गरिएको छ । राम विष्ट अभिरलको शब्दको गीतलाई मारुनी स्टुडियोमा रेकर्डिगं गरिएको हो । संगीत पनि टंक शर्माकै छ ।

टेकेन्द्र शाहको निर्देशन रहेको गीतमा प्रेम कुमार केसीले क्यामेरा चलाएका छन् । केही घण्टा अघि मात्र टंककै ब्यक्तिगत युट्युव च्यानलवाट सार्वजनिक भएको गीतमा निकै राम्रो प्रतिकृया आएका छन् । धेरैले गीत मन पराएका छन् ।

भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्