१२ र १३ वर्षका नाबालिकालाई युट्युवरद्धारा १४ महिना देखि ब’ला’त्कार, घटना सार्वजनिक गरे पुरै परिवार सक्ने ध’म्की (भिडियो हेर्नुस्)

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १५:२०


काठमाडौं । एक जना युवक जसले परिवारको सदस्य जस्तै एउटै फ्ल्याटमा बस्थे । उनी युट्युवर र विश्वहिन्दु महासंघको महासचिव पनि हुन् । एउटा परिवारसंग एउटै सदस्यजस्तै भएर बसेका उनले सोही परिवारका दुई नाबालक छोरीलाई १४ महिना देखि यौ’न शो’ष’ण गरेको रहस्य खुलेको छ ।

लामो समय करिब १० महिना सम्म एउटा छोरी बिरामी भएपछि उनीहरुले बारम्बार अस्पताल लगे । पेट दुख्यो भनेर बालिका निकै आ’त्ति’न्थिन् अनि अभिभावकले अस्पताल लैजान्थे तर उनलाई उनलाई के भएको हो भन्ने चिकित्सकले पनि पत्ता लगाउन सकेनन् । शिक्षण अस्पताल, ग्राण्डि अस्पताल समेतमा लैजादा पनि रोग पत्ता लागेन ।

तर उनलाई मानसिक रोग हुन सक्छ मेदान्त अस्पताल लैजानुस् भनेर ग्राण्डी अस्पतालका चिकित्सकले सुझाव दिएपछि उनीहरु त्यसको तयारीमा थिए । तर लकडाउनका कारण उनीहरुले छोरीलाई औषधि गर्न लैजान पाएनन् ।

त्यहीबीचमा अर्की सानी छोरीलाई पनि यौ’न शो’ष’ण गरेपछि सानी छोरीले आफ्नो दिदीलाई त्यो कुरा सुनाइन् । १२ र १३ वर्षका छोरीहरु माथि १४ महिना देखि यस्तो भइरहँदा पनि उनका अभिभावकले थाहा पाएनन् । सानी छोरीलाई पनि त्यस्तो गर्न थालेपछि सानी छोरीले दिदीलाई भने पछि घटना बाहिर आएको हो ।

ति पुरुषले छोरीलाई यस्तो कुरा भने परिवारका सवै सदस्यलाई मा’रिुदिन्छु भनेर ध’म्की दिएका कारण छोरीहरुले भन्न नसकेको उनीहरुले बताएका छन् । एउटै घरमा परिवारकै सदस्य जस्तो भएर बसका कारण उनीहरुले पनि विश्वास गरे । छोरीहरुलाई पनि आफ्नो छोरीझै ब्यवहार गरेको देखेपछि आमाबुवा ढुक्क भए । तर ति पुरुषले छोरीहरुलाई गलत नजरले हेरेको भन्नेवारे आमावुवाले थाहा नै पाएनन् ।

अहिले उनीहरु छोरीहरुको न्यायका लागि काठमाडौं आएका छन् । पत्रकारितासंग आवद्ध भएका ति पुरुषलाई कारवाही गराउन माग गर्दै काठमाडौं आएका हुन् । साना बालिकाहरुले आफु माथि ति पुरुषले गरेको यौुन दु’ब्र्य’वहारको बारेमा बताउँदा मन नै सि’रिंग हुने गरेको छ । महिनावारी समेत नभएका बालिकालाई त्यस्तो गर्दा पनि बालिकाहरुले आमालाई भन्ने हिम्मत गरेनन् । यस्तो नगर्नु अंकल काका पाप लाग्छ भन्दा म नारायणथान गएर पाप पखाल्छु केही हुँदैन भन्दै कोठामा एक्लै भएको बेलामा कोठामा आउने गरेको बालिकाहरुले बताएका छन् ।

बुवा शिक्षक भएका कारण उनी दिनभरी विद्यालयमै हुन्थे, आमा तरकारी किन्न गएको बेलामा, खाना पकाउन भान्छामा भएको बेलामा ति पुरुष कोठामा पसेर त्यस्तो ब्यवहार गर्ने गरेको अभिभावकले बताएका छन् । अहिले पनि ति पुरुषले यो कुरा सार्वजनिक गरिस् भने तेरो परिवार नै स’किदिन्छु भन्दै अहिले पनि मोवाइलमा म्यासेज आइरहेको बताएका छन् । मेरो अन्तिम ल’डाई भनेको नै तिमीहरुलाई सक्ने हो भन्दै ध’म्की दिएको उनीहरुले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्