मन्त्रीहरुले पनि आफ्ना कुरा नमानेपछि प्रधानमन्त्री ओली थप अप्ठेरोमा, देलान् त प्रधानमन्त्रीवाट राजिनामा ?

प्रकाशित मिति : १७ असार २०७७, बुधबार १६:०५


काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अभिब्यक्तिका कारण अहिले अप्ठेरोमा परेका छन् । मंगलवार बसेको नेकपा स्थायी समिति बैठकमा नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत मुख्य नेतालेनै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेपछि अहिले नेपाली राजनीति तरंगित भएको छ ।

प्रधानमन्त्री ओलीले आफुले लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेकी कारण भारतको षडयन्त्रमा आफलाई प्रधानमन्त्रीवाट हटाउने षडयन्त्र भएको अभिब्यक्ति दिएपछि रुष्ट भएका नेताहरुले वास्तवमै उनको राजिनामा मागेका हुन् । आफ्नै नेतावाट राजिनामा माग भएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले केही स्थायी समिति सदस्यहरुले आफ्ना पक्षमा बोलिदिन आग्रह समेत गरेका छन् ।

आज विहानै प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुललाई बालुवाटार बोलाएर परामर्शसमेत गरेका छन् । बालुवाटारमा ओलीले पूर्व माओवादी केन्द्रका मन्त्रीहरु शक्ति बहादुर बस्नेत, वर्षमान पुन, बिना मगरलाई बोलाएनन् । तर, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने पुगेका थिए ।

बरिष्ठ नेता माधव कुमार नेपाल खेमाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश कुमार भट्टराईपनि प्रधानमन्त्री ओलीले बोलाएको परामर्शमा सहभागी थिए । बैठकमा सहभागी मन्त्रीहरुले पार्टीको निर्देशन र निर्णयलाई सर्वोपरि मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएपछि ओली थप अप्ठेरोमा परेका छन् ।

उता, ओलीनिकट स्थायी कमिटी सदस्यहरुले भने कुनैपनि हालतमा खुट्टा नकमाउने भरोसा दिएका छन् । उनीहरुले स्थायी कमिटी बैठकले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन नमिल्ने जिकिर गरेका थिए । यदि पार्टीले प्रधानमन्त्री ओलीलाई हटाउने हो भने संसदीय दलमा बहुमत पुर्याएर देखाउनुपर्ने पनि उनीहरुको तर्क छ । र, अध्यक्षबाट हटाउनको लागि एकता महाधिवेशन नै कुनुपर्ने बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्