२३ वर्षीया एलिसा गौतमले फेसबुकबाट लाइभ गरेर अस्ताइन

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ०९:४४


दाङकी एक युवतीले फेसबूक लाइभमा आएर देहत्याग गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले देहत्याग गरेकी हुन् । तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले  देहत्याग गरेकी हुन् । बुधवार राति फेसबूक ला’इभ ग रेर देहत्याग गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले देहत्याग गरेको पुष्टि गरे । युवतीले किन देहत्याग गरिन् भन्ने खुलेको छैन । मृ’तक युवतीको शव पो’ष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् ।

देखाएर देहत्याग, बाँच्ने आशा / गोपाल ढकाल,मनोविद्

घर, परिवार, साथीभाइ, समाज लगायत कसैले मलाई माया गरेको छैन भनेर पनि कतिपयले अरुलाई देखाएर देहत्याग गर्न सक्छन् । कतिपय सेलिब्रेटी लगायतले देहत्याग गर्दा चर्चा पाएको देखेर तथा सुनेर पनि सबैलाई देखाएर देहत्याग गर्दा चर्चा पाइने रहेछ भन्ठानेर पनि अरुले थाहा पाउने गरी यस्तो गरेको पाइन्छ । म म’र्दा सबैले थाहा पाउँछन् र म चर्चित हुन्छु भनेर कतिपयले सामाजिक सञ्जालमा लाइभसमेत गरेर देहत्याग गरेको पाइन्छ ।

तर त्यसरी सामाजिक सञ्जालबाट लाइभ गरेर देहत्याग गर्नु भनेको कसैसँग बाँच्नका लागि सहयोग मागिरहेको पनि हो । सामाजिक सञ्जाल लगायतबाट देहत्याग गर्ने बारेमा अरुलाई पनि जानकारी दिएपछि मलाई कसैले बचाउन आउँछन् र म बाँच्छु भन्ने मानसिकता पनि हुन्छ ।

सबैलाई थाहा दिएपछि म’र्नबाट मलाई रोक्छन् भनेर मद्दत मागेको हो । त्यसरी लाइभ गर्दा पनि कोही सहयोग गर्न नआाएपछि अब मलाई सहयोग गर्ने कोही पनि रहेनछ भनेर अन्त्यमा म-र्ने निर्णय गर्न सक्छन् । कतिपयले रिसले म’रेर देखाइदिन्छु भन्ने सोचेर पनि सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गर्छन् ।

डि प्रेसनले : सेरोटोनिन् र डोपामिन जस्ता हार्मोनको कमीले मानिसलाई डि प्रेसन हुन्छ । डि प्रेसन लगायतको मानसिक रोगका कारणले योजनाबद्ध तरिकाले मानिसले देहत्याग गर्ने सम्भावना हुन्छ । डि प्रेसनमा मानिस दुःखी हुन्छ । आफ्नै जीवनदेखि दिक्क लाग्न थाल्छ ।

संसारमा एक्लो महसुस गर्छ र मानिसले यो बाटो रोज्छ । डि प्रेसन भएका व्यक्तिले मर्ने बारेमा पूर्वतयारी गर्नुका साथै योजना बनाएर देहत्याग गर्छ । म म’र्दैछु भन्ने निर्णय गरेको हुन्छ ।

म’र्नुपूर्व योजना बनाएका व्यक्तिमा म देहत्याग गर्ने समयमा कसैले मलाई देख्छ, थाहा पाएपछि मलाई बचाउन आउँछन् अनि म बाँच्छु भन्ने पनि हुन्छ । कतिपय योजना बनाएका व्यक्तिले पनि बाँच्ने अवसर पर्खिरहेका हुन्छन् । कसैलाई देखाउनका लागि यो नाटक गर्ने व्यक्तिले बाँच्ने आशामा अरुले देख्ने किसिमले गर्न खोज्छन् र कोही बचाउन नआएका खण्डमा देहत्याग हुन्छ ।

तस्विर तल हेर्नुहोस

यो पनि : तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजित

दाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र दुई विद्यालयबीच आधा घण्टाको दूरी भएका विद्यालय गाभिएको हो । गत आर्थिक वर्र्ष २०७५÷०७६ मा १३ र चालु आवमा १९ विद्यालय गाभिएको उहाँको भनाइ छ ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनाका साथै आवश्यकतानुसार शिक्षककर्मचारी नहुने भएकाले गाभिएपछि त्यो समस्या हट्ने उहाँले बताउनुभयो । सामुदायिक विद्यालय गाभिएपछि विद्यार्थी बढ्ने तथा शिक्षक व्यवस्थापन र पूर्वाधार विकासमा सहज हुने जनाइएको छ ।

विद्यालय गाभिएपछि जुन विद्यालयमा गाभिएको हो सोही विद्यालयलाई सङ्घीय सरकारले रु २५ लाख अनुदान समेत उपलब्ध गराउने छ । उक्त अनुदानबाट यातायातको समस्या भएका क्षेत्रका विद्यार्थीका लागि आवश्यक गाडीको व्यवस्थापन गर्न सकिने, पूर्वाधार विकासमा सहज हुने र विद्यार्थीमैत्री शिक्षा दिन सहज हुने उहाँको भनाइ छ ।

बैंकको किस्ता भुक्तानी गर्ने समय छ महिना थप्न माग

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।

अन्य पेशा व्यवसाय खुकुलो बनाइए पनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखि कम्पनीमा आबद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र तालाचाबी क्रमिकरूपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताउनुभयो ।

“महासङ्घमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ तर हाम्रो मागको सम्बोधन हुन सकेन, यातायात सञ्चालनमा सरकारले नै बन्दाबन्दी घोषणा गरेको अवस्थामा किस्ता बुझाउन सकिने अवस्था छैन”, अध्यक्ष केसीले भन्नुभयो, “सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल रु एक लाख लगानी गर्नुपर्ने बाध्यता छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साईले बन्दाबन्दीले विभिन्न पेशा व्यवसायीमध्ये यातायात व्यवसायी सबैभन्दा बढी समस्याग्रस्त हुन पुगेको भन्दै गर्दै करीब तीन लाख यात्रु बाहक तथा ६० हजार मालवाहक सवारी साधन ठप्प रहेकाले १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

पृथ्वीराजमार्ग कम्पनी प्रालिअन्तर्गतका एक हजार ४०० सवारी साधनमा रु पाँच अर्ब ६० करोड लगानी रहेकामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानी रहेको बताइन्छ । प्रालिले पोखरालाई केन्द्र मानी देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवासेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्