असार २२ गते गर्दैछन् सार्वजनिक यातायात ब्यवसायीले यस्तो कठोर निर्णय, पत्रकार सम्मेलन गरेर दिए सरकारलाई चेतावनी

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १५:०२


काठमाडौं, १८ असार । सरकारले लकडाउन खुकुलो बनाएको धेरै दिन भइसक्यो । ब्यापार ब्यवसाय सबै चलेका छन् । सरकारी कार्यालय पनि सञ्चालनमा छन् । वजारमा मानिसहरुको चहलपहल बढेको छ ।

तर सार्वजनिक यातायातका विषयमा सरकारले निर्णय लिन नसक्दा अरवौं लगानी डुब्ने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित हुन थालेका छन् । उनीहरुले आफुहरुको समस्याका बारेमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

लकडाउनको एक सय दिन नाघ्दा आफुहरुको बैंकमा लिएको ऋणको ब्याज बढ्दै गएको, किस्ता समेत तिर्न नसक्ने अवस्थामा आएको भन्दै ब्यवसायीले आपत्ति जनाएका हुन् । बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज बुझाउन बारम्बार दवाव दिइरहेको भन्दै ब्यवसायीले आउँदो असार २२ गतेदेखि सवारी साधनका ब्लुबुक र तालाचाबी बैंकलाई नै बुझाउने उद्घोष गरेका छन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । अब सवारी साधनको किस्ता र ब्याज बुझाउन नसक्ने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीको म्याद कम्तिमा ५ महिना नसारे बाध्य भएर तालाचाबी नै बुझाउने घोषणा गरेको छ।

कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनीमा आवद्ध १४ सय सवारी साधनको यस्तै अवस्था रहेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले आफुहरुको समस्या प्रति सरकार मौन बसेकोमा आपत्ति जनाए । उनले प्रधानमन्त्री, मन्त्री वा सांसद कसैले पनि यातायातका समस्याबारे कुरै नउठाएकोमा दुःख ब्यक्त गरेका छन् ।

पृथ्वी राजमार्ग कम्पनीमा आवद्ध १४ सय सवारी साधनमा ५ अर्ब ७० करोडको लगानी रहेको र त्यो लगानीको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाकै भएको उनीहरुको भनाई छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार शाहीले लकडाउनका कारण ३ लाख यात्रुबाहक सवारी, ६० हजार मालबाहक गाडी तथा ४० लाख मजदुरहरुको राजगारी गुमेको बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्