‘मेरो मृ’त्युको कारण म आफैं हु, थप खोजी नगर्नुहोला’ लेखेर एउटै सलको पा’सोमा झु’ण्डिए अदम र अस्मिता

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १६:५९


काठमाडौं । मृत्युको कारण हामी आफै हो भन्ने नोट लेखेर भक्तपुरमा एक जोडी एउटै पा’सोमा झु’ण्डिएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ पेप्सीकोलामा दुई जना एउटै पा’सोमा झु’न्डिएको अवस्थामा मृत फेला परेका हुन् । ३५ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा विहिवार झु
‘ण्डिए’को अवस्थामा मृत फेला परेका हुन् । उनीहरु आफू बस्दै आएको कोठामा झु’न्डि’एको अवस्थामा फेला परेका थिए ।

चार महिनादेखि दुई जना सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बुधवार महिलाले लगाउने सललाई पा’सो बनाएर दुवै जना कोठामा झु’न्डि’एको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिउ । कोठाको झ्याल जस्तो ठाउँमा चुन्नी (सल) को पा’सो अ’ड्का’एर झु’न्डि’एको अवस्थामा उनीहरु भेटिएका हुन्।

घटनास्थलबाट प्रहरीले सु’सा’इट नोटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । नोटमा उनीहरुले आफैंले मृ’त्यु रोजेको लेखेका छन्।

‘मेरो मृ’त्युको कारण म आफैं हु। थप खोजी नगर्नुहोला’ भन्ने लेखेको भेटियो, महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले जानकारी दिएका छन् । घटना पछि शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । उनीहरुको निधनको वास्तविकताका बारेमा पोष्टमार्टम रिपोर्ट नआइ भन्न नसकिने प्रहरीले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको तीन महिनाको अवधिका देशभर १ हजार १ सय ५ जनाले देह त्याग गरेका छन्। सबैभन्दा धेरै मानिसले झु’न्डि’एर नै देह त्याग गरेको घटना सार्वजनिक भएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्