काठमाडौँ उपत्यकामा दिनदिनै बढ्दै कोरोना संक्रमित, आजमात्रै ३२ जना थपिए

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १७:१४


काठमाडौं, १८ असार । काठमाडौंमा विहिवार थप २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्धारा गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो। यो सँगै आज उपत्यकामा ३२ जनामा कोरोना पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ४७३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्