सुशान्त घटनामा प्रहरीले चर्चित निर्देशक सञ्जय लीला भन्सालीलाई पठायो लिगल नोटिस, ३ वटा फिल्ममा अफर गरे तर काम दिएनन्

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १७:४०


काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन पछि बलिउडमा अहिले तरंग छाएको छ । उनको निधन पछि बलिउडमा परिवारवादको विषय चर्को रुपमा उठेको छ । बलिउडमा भएको परिवारवादका कारण सुशान्तले देह त्याग गर्न बाध्य भएको भन्दै सोही अनुसार प्रहरीले छानविन अगाडी बढाएको छ ।

प्रहरीले दर्जनौंसंग वयान लिइसकेको छ । यसैबीच प्रहरीले सोही विषयमा अनुसन्धान गर्न बलिउडका चर्चित निर्देशक सञ्जय लिला भन्सालीलाई लिगल नोटिस पठाएको छ । सुशान्तलाई डिप्रेशनमा जाने अवस्था ल्याउने पात्रको खोजी गर्दै जाँदा प्रहरीले भन्सालीलाई पनि लिगल नोटिस पठाएको हो । अनुसन्धानका क्रममा मुम्बई प्रहरीले कलाकारसहित धेरै जनासँग सोधपुछ गरिसकेको छ।

फिल्म समीक्षक सुभाष झाले दिएको वयानका आधारमा प्रहरीले उनलाई लिगल नोटिस पठाएको हो । सञ्जयले सुशान्तलाई ३ वटा फिल्ममा प्रस्ताव गरेको खुलासा गरेका थिए। जसमा बाजीराव मस्तानी, गोलियो की रासलीला राम(लिला र पद्मावत थिए।

तर तिन वटै फिल्ममा सुशान्तले अभिनय गर्न पाएनन् । सुभाषका अनुसार सुशान्तलाई सुरुमा सञ्जयले बाजीराव मस्तानीका लागि अफर गरे, त्यसपछि गोलियो की रासलीला राम(लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेको भएपनि सुशान्तले अभिनय गर्न पाएका थिएनन् । प्रहरीले यसै विषयमा अनुसन्धान गर्न भन्सालीलाई लिगल नोटिस पठाएको हो ।

यस अघि प्रहरीले एंटरटेनमेंट न्यूज पोर्टलका एडिटर विक्की ललवानीसँग पनि बयान लिएको छ । उनलाई बांद्रा पुलिस स्टेशनमा बोलाएर बयान लिएको थियो ।
सुशान्तको पोष्टमार्टम रिपोर्टका आधारमा उनले देह त्याग गरेको पुष्टि भएको भएपनि उनलाई त्यो निर्णयमा पुग्ने अवस्था ल्याउने विषय के हुन सक्छ भन्ने कुरामा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्