सुशान्तसँग डेव्यु गरेकी अभिनेत्रीले सहन सकिनन् प‍ीडा, सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार २१:२२


काठमाण्डौ – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घटनालाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । हालै सुशान्तको मोबाइलको प्राथमिक फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टलाई आधार मान्दा सुशान्त आफ्नो फिल्म करिअर र पब्लिक इमेजलाई लिएर निकै तनावमा थिए ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै लेखेका छन् कि, सुशान्तले देहत्याग गर्नुभन्दा पहिले आफ्नै नाम सर्च गरेका थिए । त्यसपछि केही पेज खोलेर पढिसकेपछि बन्द गरिदिएका थिए । उनका नजिकका साथीले पनि प्रहरीलाई सुशान्त केही समयदेखि डिप्रेसनमा रहेको बताएका थिए । सुशान्तलाई लाग्ने गरेको थियो, केहीले आफ्नो इमेज र करिअर दुवै खराब गर्ने कोशिश गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनका बारेमा देखिएका खबरका बारेमा पनि सुशान्तले छलफल गर्ने गर्थे । उनले विकिपिडिया पनि चलाउने गरेको मिडियाले उल्लेख गरेका छन् । सुशान्तले ‘पानी’ फिल्ममा सुशान्तले अभिनय गर्ने भनिएको थियो । १ सय ५० करोड भारुमा बन्ने भनिएको यो फिल्म नबन्दै विवादमा आएको थियो । फिल्मको प्री प्रोडक्सन स्टेजमा झण्डै ५ करोड खर्च भएको थियो । पछि फिल्म बनेन ।

प्रहरीको अनुसन्धानमा देखिएको छ, सुशान्तलाई फिल्म ‘पीके’ का लागि ५ लाख अफर गरिएको थियो । तर, उनले राजकुमार हिरानीका कारण सो फिल्मबाट पारिश्रमिक लिएका थिएनन् । सुशान्तले गएको १४ जुनमा झु ण्डिएर देहत्याग गरेका थिए । उनको देहत्यागपछि बलिउडमा नेपोटिज्म र ग्रुपजिममाथि बहस भएको थियो । यो बहसले नेपाली फिल्म क्षेत्रलाई समेत प्रभावित पारेको थियो ।

यसै क्रममा उनीसँगै काम गरेर पहिलो पटक बलिउडमा डेव्यु गरेकी “दिल बेचरा” अभिनेत्री सन्जना संघीसँग पनि सोधपुछ गरेको छ । सुशान्तको निधनसँगै उनी एकदमै डिस्टब बनेकोले पनि उनी मुम्बइ छाडेर आफ्नो घर फर्किएकी छिन् ।

उनले आफ्नो इन्टा स्टोरीमा एक तस्विर शेयर गर्दै आफु अब सायद मुम्बइ नफर्किने बताएकी छिन् । प्रहरीले दिल बेचरामा काम गर्दा उनी र सुशान्त बिच केहि समस्या भएको थियो कि भनेर पनि सोधेको थियो । तर उनले त्यस्तो केहि नभएको बताएको थिइन् । सुशान्तको निधनपछि उनी रुदै लाइभमा आएको थिइन् ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्