इन्स्टाग्राममा सलमान, आलिया, सोनाक्षी र करणका फलोअर तीव्र गतिमा घट्दै, जान्नुस् कसको कति घटे?

प्रकाशित मिति : २० असार २०७७, शनिबार १२:२३


काठमाण्डौं – अभिनेता सुशान्त सिंह राजपुतको घटनाले बलिउड यतिबेला परिवारवाद र गुटबन्दीका लागि आलोचित भइरहेको छ। यसमा ठूला स्टार र ब्यानरको नाम जोडिएको छ। परिवारवाद र गुटबन्दीको नाममा विशेषगरी यसराज फिल्मस्, सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा, सोनम कपुर लगायतका कलाकार र सिनेमा निर्माण कम्पनीको सार्वजनिक रूपमा आलोचना भइरहेको छ।

कंगना रनौट, अभय देवल, रविना टण्डन, सोनु निगम, अदनाम सामी लगायतका कलाकारले बलिउडमा परिवारवाद व्यापत रहेको र यसले गुटबन्दीलाई बढवा दिइएको जसका कारण गैरफिल्मी पृष्ठभूमिबाट आएका कलाकारलाई पेल्ने, कामबाट निकाल्ने र काम गर्न नदिनेसम्मका काम हुने गरेको खुलासा गरेका छन्।

सामाजिक संजालहरूमा सुशान्तको देहत्यागको कारण पछाडी उनको व्यक्तिगत समस्याका कारण नभई बलिउडको केही परिवार र व्यक्तिमा सिमित सिनेमा सिण्डिकेटको मुख्य हात रहेको धारणा मुखरित भइरहेको छ। यसैको असर परिवारवादमा मुछिएका बलिउड स्टारको सामाजिक संजालका ह्यान्डलहरूमा देखिन थालेको छ।सलमान, करण, आलिया र सोनाक्षी लगायतकाको फलोअर इन्स्टाग्राममा तीव्र गतिमा घटिरहेको छ। यस सूचिमा सबैभन्दा माथि सलमान खानको नाम रहेको छ।एकसाता अघिसम्म सलमानको इन्स्टाग्राममा ३३.९ मिलियन फलोअर रहेकोमा हाल सो संख्या घटेर ३३.४ मिलियनमा झरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्