घरबाहिर निस्कनु भन्दा पहिले होसियार, सरकारले लायो भर्खरै नयाँ नियम, ७७ वटा जिल्लालाइ जारि गर्यो यस्तो सूचना

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १६:४१


काठमाण्डौ – गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। ‘नेपाल सरकारले कोरोनाभाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको थियो।

जसले जनजीवनमा असहजता आयो। त्यसलाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकिएको थियो,’उनले भने,’दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने थियो।’ तर त्यसको पालना नभएको र कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको उनले बताए।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

‘सर्तहरूको पालना गर्ने भन्ने सर्तमा मात्र लकडाउन खुकुलो गरिएको थियो,’उनले भने,’तर सामान्य मास्क पनि प्रयोग नगरी कोरोना महामारीमा थप जोखिम उत्पन्न गर्ने काम गरियो।’

त्यस्तै नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११पुगेको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्