फेसबुकमा लाइभ आएर देह त्याग गर्नुको कारण आमाले खुलाईंन, छोरीको बिहे भएको थियो (भिडियो सहित)

प्रकाशित मिति : २२ असार २०७७, सोमबार २१:५८


चितवन । पछिल्लो समय नेपालमा पनि आत्म ह त्याको घटना ह्वात्तै बढेर गएको छ । अस्ति मात्र दाङमा एक जना महिलाले फेसबुकमा आएका आन्फो प्राण त्याग गरेकी अलिजा गौतम पछि नेपालमा त्यस्तै प्रकारका थप घटनाहरु घटेका छन। दाङ पछी काठमाडौं र अस्ति शनिबार मात्र चितवनमा पनि फेसबुकमा आएर एक युवतीले आफ्नो प्राण फालेकी छिन।

त्यस्तै घटनाको भित्रि पाटो केलाउंदा उक्त युवतीको पहिले नै बिहे भएको र डी भोर्स पनि भएको बुझिएको छ। त्यस्तै युवतीको आमाले छोरीको बारेमा थप कुराहरु बताएकी छिन। छोरीले सानु उमेरमा बिहे गरेको र पहिले देखि नै घर बाट बाहिर बस्दै आएकी बताएकी छिन। थप विवरण भिडियो तलको समाचार पछि हेर्नुहोला ।

अर्को समाचार, उपत्यकामा सङ्क्रमित बढे
कोरोना भाइरस (कोभिड १९) को सङ्क्र’मण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने आज ५४ जनामा देखिएको छ ।

आज देखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा स’ङ्क्र’मण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा स’ङ्क्रम’ण सरेको हुनसक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताउनुभयो । उहाँले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा स’ङ्क्र’मण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताउनुभयो ।

उहाँका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा स’ङ्क्र’मण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुख डा वासुदेव पाण्डेले मानिसहरु उपत्यका प्रवेश गरेसँगै स’ङ्क्रम’णको जोखिम बढेको बताउनुभयो । उहाँले भेटिएका सङ्क्रमित एकै ठाउँका नरहेकाले विभिन्न ठाउँबाट प्रवेश गरी उपत्यका आएकामा देखिएको बताउनुभयो ।

उहाँका अनुसार ती सङ्क्रमित व्यक्तिहरुमा विभिन्न ठाउँबाट अस्पतालमा उपचार गराउन आएका बढी रहेका छन् । “भेटिएका सङ्क्रमित कपन, चागुनारायण, हरिसिद्धीलगायतसँगै स्वास्थ्यकर्मीसमेत रहेका छन”, उहाँले भन्नुभयो, “उनीहरुको कसै न कसैसँग कन्ट्याक्ट भएको हुनसक्दछ, कहाँबाट आएका हुन भन्ने हामीले पत्ता लगाइरहेका छौँ ।”

महाशाखाले ती सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी लतिलपुरको नख्खु, एकान्तकुना, भक्तपुरका बोडेलगायत क्षेत्रका मानिसको नमूना सङ्कलन गरिएको छ । सङ्क्रमित उपत्यकामा बढ्न थालेपछि लोकल ट्रान्समिसन हो वा होइन भन्नेबारेमा समेत अध्ययन भइरहेको महाशाखा प्रमुख पाण्डेले बताउनुभयो ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा कोरोना देखिएको छ । तीमध्ये छ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको स’ङ्क्रम’णकै कारणले निधन भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्