सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर १७ घण्टा नहुँदै २ करोड १३ लाख भन्दा बढीले हेरे (भिडियो)

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार ०९:३७


काठमाडौं – सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ ।

फिल्मको ट्रेलर रिलिज भएको २ करोड १३ लाख भन्दा बढीले हेरेका छन् भने २ लाख ५९ हजार भन्दा बढीले कमेन्ट गरिसकेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने रहमानको संगीत छ ।

हलिउडमा निर्माण भएको फिल्म ‘द फल्ट इन आवर स्टार्स’ लाई उत्कृष्ट प्रेमकथामा आधारित फिल्ममध्ये एक मानिन्छ । जोन ग्रीनको उपन्यास पनि उत्तिकै लोकप्रिय छ ।

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म भएका कारण पनि यो फिल्म प्रतीक्षित बनेको छ । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक भएपछि ट्रेलरले हालै आफ्नो जीवन त्याग गरेका सुशान्तको स्मृति उनका फ्यानमा ताजा भयो ।

जीवन अन्त्यका लागि ‘देहत्याग’ को बाटो रोजेका अभिनेता सिंहको अन्तिम चलचित्र दिल बेचारामा भने जीवनको कुरा गरिएको ट्रेलरमा स्पष्ट हुन्छ ।

ट्रेलरमा सुशान्तले भनेका छन्, ‘जन्म कहिले लिने र मृत्यु वरण कहिले गर्ने भन्ने हामीले निर्धारण गर्न सक्दैनौँ तर कसरी बाँच्ने भन्ने चाहिँ निर्धारण गर्न सक्छौँ ।’ तर सुशान्त आफैले भने मृत्युको पनि समय आफैले निर्धारण गरे ।

‘फल्ट इन आवर स्टार’ पुस्तकमा आधारित चलचित्र ‘दिल बेचारा’ को ट्रेलरको प्रशंसा भइरहेको छ । ट्रेलर अहिले ट्रेन्डिङ्गमा छन् । जुलाई २४ देखि सो चलचित्र डिज्नी प्लस र हटस्टारमा हेर्न पाइने छ। फिल्म डिज्ने हटस्टारमा नि:शुल्क हेर्न पाइनेछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्