फेरी ठुलो संख्यामा उपत्यकामा थपिए कोरोना सङ्क्रमित, आज थपिएका कुन जिल्लाका कति ?

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १७:०५


काठमान्डौ – बुधबार कोरोनाभाइरसका दुई सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा चार हजार छ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा दुई सय ५५ जनामा पुष्टि भएको हो। मंगलबारसम्म कोरोनाका १६ हजार एक सय ६८ संक्रमित थिए। यो संख्या बढेर बुधबार १६ हजार चार सय २३ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २५ हजार ४० जना मानिसहरू छन्। कोरोनाबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा कोरोना संक्रमित अहिले भेटिएका छैनन्। महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सय जनाभन्दा धेरै कोरोना संक्रमित छन्।

संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।

काठमाडौं उपत्यकाभित्र २३ जना संक्रमित भेटिएका छन्। गौतमका अनुसार काठमाडौंमा १६ र ललितपुर जिल्लामा सात जना संक्रमित थपिएका हुन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्