काठमाण्डौंमा अनौठो तरिकाले चोरि गर्ने युवक पक्राउ

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १७:५५


काठमाडौं । काठमाडौं महानगरपालिकामा अनौठो प्रकृतिको चोरी गर्ने युवक फेला परेका छन् । उनको चोरीको शैली देखेर प्रहरी पनि चकित परेको छ । नयाँ नयाँ मोटरसाइकलमा युवतीलाई राखेर घुमाउने र रेष्टुरेष्ट लिएर गएर खुवाउने ति युवाको भित्रि खेलका बारेमा थाहा पाएपछि प्रहरी चकित परेको हो ।

नयाँ मोटरसाइकल चोरी गर्ने, लकडाउनको समयमा सहयोग गर्ने नाममा युवतीलाई लिफ्ट दिने, खाजा नास्ता खाने वहानामा युवतीलाई रेष्टुरेष्टमा समेत लिएर जाने अनि युवती शौचालय गएको मौकामा उसको ब्यागवाट महंगो मोवाइल र पैसा समेत चोरी गर्ने युवक फेला परेका छन् ।
उनको धन्दा यतिमा मात्र सिमित हुँदैन । युवतीहरुवाट चोरेको महंगो मोवाइल सस्तो दरमा बेच्ने । अनि बेचेको केही दिनमा म प्रहरीको डिएसपी हुँ भन्दै फोन गरेर आफैले बेचेको मोवाइल फिर्ता लिने ।

राजकुमार

प्रहरीलाई नै चकित पार्ने यस्तो योजनाले चोरी गर्ने युवा हुन् रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवार । उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट पक्राउ गरेको छ ।
पक्राउ पछि अनुसन्धानका क्रममा प्रहरीले उनको यस्तो अचम्मको चोरीको शैलीा बारेमा थाहा पाएको हो । विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजमा चोरीका घटनामा राजकुमार नै देखिन्थे ।

उनले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोरी गर्थे । त्यसपछि उनको एक पछि अर्को योजना सफल बनाउथे । मोटरसाइकलमा युवती घुमाउने र उनै युवतीलाई लुट्ने । गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । उनले यसरी युवतीहरुवाट चोरेका दर्जनौ मोवाइल सस्तोमा बेचेर फेरी प्रहरी हुँ भन्दै फिर्ता लिएका छन् ।

उनी विरुद्ध अहिलेसम्म ११ जनाले जाहेरी दिएका छन्। २१ जना युवतीको मोबाइल चोरी गरेको दनुवारले स्वीकार गरेको प्रहरीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्