अतः सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने सरकारको निर्णय

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १७:४३


काठाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। लामो समय देखि सरकार र सार्वजनिक यातायात ब्यवसायीको छलफलले मुर्त रुप लिएको छ । ब्यवसायीले आफुहरुको अरवौंको लगानी डुबेको भन्दै सार्वजनिक यातायात संचालन गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

केही ब्यवसायीले बैंकको ऋण वापतको व्याज बुझाउनै नसक्ने अवस्थामा पुगेको भन्दै बैंकलाई साचो पनि बुझाएका छन् । ब्यवसायीको यस्तो आग्रह पछि बिहीबार सरकारले यस्तो निर्णय गरेको हो । सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले मन्त्रिपरिषदले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको जानकारी दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा विधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए। सरकारको यो निर्णय अनुसार अब भाडा भने बढ्ने भएको छ ।

‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

मन्त्री खतिवडाले काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न पाउने बताए। एउटा जिल्लावाट अर्को जिल्लामा भने तत्काल जान पाइने छैन ।

मन्त्री खतिवडका अनुसार सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउने, यात्रुले कास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र सावारी साधनको ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ। उनले अन्तरजिल्ला र लामो दूरीका सवारीसाधनलाई भने तत्काल चल्न नदिने बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्