भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको भत्र्सना, सरकारले पनि अब एक्सन लिंदै !

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १९:३३


काठमाण्डौं – भारतीय सञ्चारमाध्यमले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे पछिल्ला दिनमा सम्प्रेषण गरेका समाचार तथा टिप्पणीबारे नेपाल सरकारले पनि चासो देखाएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेख्दै भारतीय मिडियाबारे खेद प्रकट गरेका छन् । थापाले भारतीय मिडियाले पत्रकारिता नगरेर ‘अरु थोक मात्र’ गरिरहेको टिप्पणी गरेका छन् । साथै गलत, भ्रामक र मर्यादाहीन सम्प्रेषण गरेको भन्दै थापाले भारतीय मिडियाको विरोध जनाएका छन् ।

उनले लेखेका छन्, ‘कतिपय भारतीय संचार माध्यमहरुले केही दिनयता गरिरहेको गलत, भ्रामक र मर्यादानि सम्प्रेषणको अभिष्ट राम्रैसँग बुझ्न सकिन्छ । तिनले पत्रकारिता वाहेक अरुथोक मात्र गरिरहेका छन् । तीन करोड नेपालीजनमा यस्ता आधारहीन सम्प्रेषणले कुनै अर्थ राख्दैनन् । बरु जिम्मेवार पत्रकारिताका निम्ति यस्तो सम्प्रेषण स्वयंमा लज्जाको विषय भएको छ ।’

बिहीबार थापाले यस्तो टिप्पणी गरेका हुन् । सञ्चार मन्त्रालय सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले पनि भारतीय मिडियाको गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानूनी र राजनीतिक उपचार खोजिने प्रतिक्रिया दिएका छन् । उनले भारतीय मिडियाको अभ्यासप्रति सरकारले भत्र्सना गर्ने पनि बताएका थिए ।

बिहीबार मन्त्री खतिवडाले सरकारका निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा भारतीय मिडिया विरद्ध कानूनी उपचार खोजिने बताएका हुन् । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गरेपछि नै भारतका मूलधारका मिडियाले समेत केपी ओली नेतृत्वको सरकारमाथि टिप्पणी गर्न थालेका छन् ।

 

पछिल्लो समय चिनियाँ राजदूतले नेपालका प्रधानमन्त्री लगायत नेताहरुसँगको भेटको प्रसंगलाई पनि भारतका केही मिडियाले अतिरञ्जित तरिकाले समाचार सम्प्रेषण गरिरहेका छन् । काठमाडौँमा भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भारतका त्यस्ता मिडियाको गतिविधिप्रति व्यंग्य र रोष प्रकट गर्न थालेका छन् ।

यस्तो छ थापाको फेसबुक स्टाटस :

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी (भिडियो)

कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा बिबाद भईरहंदा नेपालको नक्सा सार्वजनिक गरिएसंगै भारतका ठुला मिडियाहरुले नेपाल र नेपालको सार्वभौमतामाथि कुल्चदै अर्नगल साचारहरु सम्प्रेषण गर्दै आईरहेको थियो । भारतीय मिडियाहरुले नेपाका प्रधानमन्त्रीलाई समेत तथानाम मुख छोड्दै सामाचारका हेडलाईदेखि लिएर छिमेकि राष्ट्रको सम्बन्ध नै बिग्रने गरी रिर्पोटहरु पनि बनाउँदै सम्प्रेषण गरिरहेको थियो ।

भारतीय मिडियाहरुले मिडियाका आचारसंहिता नै बिर्सिएर नेपाल र नेपालका धानमन्त्रीलाई जथाभावि गाली गर्दै समाचारका फुटेजहरु प्रशारण गरिरहंदा पछिल्लो समय प्रधानमन्त्री केपी ओलीको चरित्र नै ह’त्या गर्दै समाचार प्रसारण गरेको छ ।

भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ ।

राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ ।

नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।

यो पनि : भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको भत्र्सना

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।

“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूटा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्