काठमाण्डौंमा घटेका यी ५ अनौठा चोरीका घटना, जसले प्रहरीलाइ समेत हैरान पार्यो !

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार २२:००


काठमाण्डौ – नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै ध’म्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै ध’म्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो ।

डीएसपी भन्दै ध’म्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका कृष्णराम गिरी

त्यस्तै प्रहरीले १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ घर भई काठमाडौं गाकर्णेश्वर ५ बस्ने २२ वर्षीय कृष्णराम गिरीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

गिरीले आफू प्रहरी सहायक निरीक्षक (असई) भएको र अपराध अनुसन्धान ब्युरोमा काम गर्ने बताउँदै उनले असईमा जागिर लगाइदिने प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । प्रहरीले गिरीको कोठाबाट ‘नेपाल पुलिस बौद्ध, कृष्णराम गिरी, असई बौद्ध (सिआइडी केटिएम) लेखेको डायरी बरामद गरेको छ । उनले आफ्नो फेसबुकमा समेत ‘असई एट नेपाल पुलिस’ भनेर आफ्नो परिचय राखेका थिए ।

काठमाण्डौमा अनौठो तरिकाले चोरि गर्ने राजकुमार

काठमाडौं महानगरपालिकामा अनौठो प्रकृतिको चोरी गर्ने युवक फेला परेका छन् । उनको चोरीको शैली देखेर प्रहरी पनि चकित परेको छ । नयाँ नयाँ मोटरसाइकलमा युवतीलाई राखेर घुमाउने र रेष्टुरेष्ट लिएर गएर खुवाउने ति युवाको भित्रि खेलका बारेमा थाहा पाएपछि प्रहरी चकित परेको हो ।

नयाँ मोटरसाइकल चोरी गर्ने, लकडाउनको समयमा सहयोग गर्ने नाममा युवतीलाई लिफ्ट दिने, खाजा नास्ता खाने वहानामा युवतीलाई रेष्टुरेष्टमा समेत लिएर जाने अनि युवती शौचालय गएको मौकामा उसको ब्यागवाट महंगो मोवाइल र पैसा समेत चोरी गर्ने युवक फेला परेका छन् ।
उनको धन्दा यतिमा मात्र सिमित हुँदैन । युवतीहरुवाट चोरेको महंगो मोवाइल सस्तो दरमा बेच्ने । अनि बेचेको केही दिनमा म प्रहरीको डिएसपी हुँ भन्दै फोन गरेर आफैले बेचेको मोवाइल फिर्ता लिने ।

राजकुमार

प्रहरीलाई नै चकित पार्ने यस्तो योजनाले चोरी गर्ने युवा हुन् रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवार । उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट पक्राउ गरेको छ ।
पक्राउ पछि अनुसन्धानका क्रममा प्रहरीले उनको यस्तो अचम्मको चोरीको शैलीा बारेमा थाहा पाएको हो । विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजमा चोरीका घटनामा राजकुमार नै देखिन्थे ।

उनले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोरी गर्थे । त्यसपछि उनको एक पछि अर्को योजना सफल बनाउथे । मोटरसाइकलमा युवती घुमाउने र उनै युवतीलाई लुट्ने । गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो । उनले यसरी युवतीहरुवाट चोरेका दर्जनौ मोवाइल सस्तोमा बेचेर फेरी प्रहरी हुँ भन्दै फिर्ता लिएका छन् ।

उनी विरुद्ध अहिलेसम्म ११ जनाले जाहेरी दिएका छन्। २१ जना युवतीको मोबाइल चोरी गरेको दनुवारले स्वीकार गरेको प्रहरीले जनाएको छ।

चोरि गर्ने गिरोह काठमाण्डौमा अनौठो भेषमा भेटीए

आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरुले कागज बोतल सङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दिनसम्म रेकी गरी मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो ।

उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए ।घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका एक जना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनीहरु दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाइ चोरी गरेको फेला परेको छ । गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालन गरेको खुल्न आएको छ ।

प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध

महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

विश्व स्वास्थ्य संगठन नेपालको कर्मचारी भएको बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने विजय पाण्डेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीसँग एक वर्ष अघिदेखि सम्पर्कमा रहेका पाण्डेले अहिले विश्व स्वास्थ्य संगठनबाट कर्मचारीको माग भएकाले आफूले जागिरमा लगाइदिने भन्दै १ लाख ८२ हजार रुपियाँ ठगी गरी फरार भएका थिए । उनी फरार भएपछि भण्डारीले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको थियो ।

पाण्डेले आफ्नो ठगी पेसालाई विभिन्न आवरणमा प्रस्तुत गर्ने गरेका थिए । उनले शंखमूलमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका धनबहादुर विष्टलाई विश्वासमा पारेर ५० हजार ठगी गरी भागेका थिए ।

त्यस्तै पाण्डेले चितवनको भरतपुर बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ३ लाख ५० हजार, नवरपरासीका धनबहादुर क्षत्री, दीपक खनाल, मनाङका कासी गुरुङ, सरिता भण्डारी, रमा घिमिरेलाई समेत डब्ल्यूएचओमा जागिर लगाइदिने भन्दै ठगी गरेको महाशाखाले जानकारी दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्