पब्जीमा २७ लाख रुपैया डुबाइदिएका छोरा ग्यारेजमा काम गर्न थाले

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १२:३६


काठमाडौं । पब्जी खेलमा बुवा आमाको २७ लाख रुपैया डुवाएका एक युवक ग्यारेजमा काम गर्न बाध्य भएका छन् । बुवा आमाले छोराको लागि भन्दै जम्मा गरेको २७ लाख रुपैया उनले पब्जीमा डुबाएका थिए । यो घटना भारतको हो । सकरारी जागीरमा रहेका उनका बुवा आमाले धेरै वर्ष काम गरेको पैसा बैंकमा जम्मा गरेका थिए ।

समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउने बैंकको एकाउण्ट पनि इन्टरनेट मार्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदिएका हुन् । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मोबाइलमा लत बसेका उनले एपमै पैसा खर्चका लागि बुवा आमाको तिनैवटा अकाउन्टको प्रयोग गरे ।

मोवाइलमा मात्र भुलीरहने छोराका बारेमा जतिवेला उनीहरुले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो । उनले पढ्नको लागि भन्दै मोवाइल चलाएको आमाबुवालाई बताउने गरेका थिए । पब्जी मोबाइलको इनएप पर्चेजेजका अलावा उनले गेम खेल्ने क्रममा खेल्ने साथीहका लागि समेत अपग्रेड किनिदिने गरेका थिए ।

जब ती किशोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भारु खर्च भएको देखे तब उनीहरुको होसहवास उड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँदा छोराले नै यस्तो बदमासी गरेको खुलेको थियो ।

ती किशोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खेल्दथे । जब गेमका लागि आवश्यक रकम बैंकबाट तिर्दा प्राप्त भएको मेसेज आउथ्यो त्यो आमाले थाहा नपाउनु भनेर डिलिट गरिहाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृत्य गरिरहेको पत्तो थिएन । सरकारी जागीर गरेर बल्लतल्ल उनीहरुले छोराकै भविष्य र औषधि उपचारका लागि त्यो पैसा जम्मा गरेको बताएका छन् । पन्जाबका किशोरले पिताको बैंक अकाउन्बाट पैसा चलाउन अगाडि आमाको साथमा रहेको २ लाख नगद चोरेर पब्जीमै खर्च गरेका थिए।

जब किशोरका पिता र आमाले पब्जीका लागि लाखौं खर्च गरेको थाहा पाए उनीहरु छोरासँग रुष्ट बने। किशोरले आफ्नो पिताको मोबाइलबाट अनलाइन कक्षा लिने भनेर पब्जी खेल्थे। त्यहाँ रोयल पास, युसी तथा गेम अपडेट गराउन बैंकिङ प्रणालीबाट किशोरले पिताको पैसा खर्च गर्दथे।

भारतीय संचार माध्यमका अनुसार यतिबेला ती किशोरलाई ग्यारेजमा काम गर्न बाध्य पारिएको छ। उनका पिताले द ट्रिब्युनसँग छोराले पैसाको महत्व बुझोस् भनेर काम गर्न लगाएको प्रतिक्रिया दिएका छन्। अनलाइन गेम पब्जीका कारण बालबालिकाहरु बिग्रिएको भनेर भारतमा बारम्बार आवज उठ्दै आएको छ। केहीले यस गेमलाई प्रतिबन्ध नै लगाउनुपर्ने बताएका छन्। एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्