सरिता गिरीको पक्षमा गुप्चरको अभ्यास, दलकै कार्यालयमा गएर गर्यो यस्तो प्रश्न

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १३:४२


काठमाडौं ।समाजबादी पार्टीको साधारण सदस्य समेत नरहनेगरी बर्खास्त गरिएकी सरिता गिरीको बारेमा सोधपुछ गर्नलाई राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर समाजबादी पार्टीको कार्यालयमा गएको छ । बिहीबार बिहान समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा गएको उक्त गप्तचरले कार्यालयमा कार्यरत नरमान महर्जनसँग सरिता गिरीका बारेमा सोधपुछ गरेको बताईएको छ ।

महर्जनका अनुसार गुप्तचरले सरिता गिरीको बारेमा उनलाई कसरी कार्वाही गर्न सकिन्छ भनेर सोधेको थियो । गुप्तचरले आफुलाई सोधेको प्रश्नको बारेमा महर्जनले जस्ताको त्यस्तै यसरी सुनाएका छन्, ‘सरिता गिरी समाजबादी पार्टीकी सांसद हुन्, पार्टी एकीकरण भएर अहिले जनता समाजवादी बनिसकेको छ, अब सरिता गिरीलाई कसरी कारवाही गर्न मिल्छ ?’ साथै उनले ‘समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गर्न मिल्छ त ? किन सरिता गिरीलाई कारवाही गरेको ?’ भनेर पनि गुप्तचरले आफुलाई सोधेको बताए ।

समाजवादी पार्टीले सरिता गिरीलाई निश्कासन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधवार संसद सचिवालयमा पत्र पठाएको थियो । सांसद गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले सूचना निकालिसकेको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचनामा गिरीको समानुपातिक सांसद पद रिक्त भएको स्पष्ट पारिएको छ ।

समाजवादी पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको हृवीप उल्लंघन गरेको भनी केन्द्रीय समितिको बैठकले निश्कासनको सूचना दिएकाले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो । राजनीतिक दलसम्बन्धी ऐनबमोजिमको आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधानबमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्