बर्षाको प्रवाह नगरी ओलीको पक्षमा काठमाण्डौंमा प्रदर्शन : ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ भन्दै लगाए नारा !

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १९:२०


प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा आज काठमाडौँको माइतीघर मण्डलमा जनप्रदर्शन भएको छ । युवाहरुद्वारा गरिएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको छ । उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइदैन’ लगायतका नारा लगाएका हुन् ।

त्यस्तै उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार’, ‘जनताको चाहना सरकार परिवर्तन गर्न पाइँदैन’, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो’ र ‘ओली सरकारका पक्षमा ऐक्यबद्धता जनाऔँ’ जस्ता नारा लेखिएका व्यानर र प्ले कार्डसमेत बोकेका थिए ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहेपनि त्यसको प्रवाह नगरी प्रदर्शन भएको हो । पार्टीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत सदस्यहरुले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

अ नेसन फस्ट मुुभमेन्ट नामक समूूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुुक्रबार माइतीघरमा आयोजना गरेको प्रदर्शनमा सहभागी । तस्वीर ः चन्द्रकला क्षेत्री
अ नेसन फस्ट मुुभमेन्ट नामक समूूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुुक्रबार माइतीघरमा आयोजना गरेको प्रदर्शनमा सहभागी । तस्वीर ः चन्द्रकला क्षेत्री
राष्ट्रिय युवा संघ नेपालले माइतिघर–मण्डलामा शुक्रबार मुलुकको स्थायित्वका लागि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा आयोजित कार्यक्रमका सहभागी । तस्वीर ः रोशन सापकोटा

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्