साथीको घरबाट फर्किंदा साथीको मृत्यु पूजलको यस्तो हालत (भिडियो)

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १३:०१


काठमाण्डौ – आज भन्दा ६ महिना पहिला पुजल ठकुरीको जिवन अर्कै थियो । उनी काठमाडौंको कमल पोखरी स्थित ट्रडिस्नल कन्फर्टमा काम गर्थे । उमेरले १७ वर्षका पुजल १२ वर्षमा पढ्दै थिए । जिवनमा राम्रो काम गर्ने, पैसा कमाउने योजना थियो । १२ कक्षामा पढ्दै गर्दा पनि उनले काम गर्न थालेका थिए ।

सबैसंग मिल्ने, हाँसेर बोल्ने उनी सबैको प्यारा थिए । साथीभाईले पनि निकै माया गर्थे । तर ६ महिना अघि साथीको घर गएका पुजलको जिवनमा नसोचेको घटना भयो । उनी साथीको घरमा भेटघाट गर्न पुगेका थिए । साथीभाईसंगको जमघट निकै रमाइलो भयो । भेटघाट पछि  उनी घर फर्कन थाले । जसको घरमा भेटघाट थियो त्यहि साथीले यो रातिको समयमा एक्लै नजानु म मोटरसाइकलमा लैजान्छु भने ।

साथीको आग्रह पछि उनि मोटरसाइकलमा संगै घर फर्कन्छन् । तर विच बाटोमा आइपुग्दा साथीले चलाएको मोटरसाइकल दुर्घटना हुन्छ । जसले सुजललाइ सुरक्षित् घर पुर्याउन लागेका थिए उनकै नै दु:खद मृत्यु हुन्छ । उनको मृत्युले परिवारमा एउटा ठुलो चोट त पुगेकै छ तर उनिसंगै पछाडी बसेका सुजलको पनि जिवनभरका लागि यस्तो पीडा लिएर बाँचीरहेका छन् । जसले साथीलाई रातिको समयमा एक्लै घर जान रोकेर साथीलाई सुरक्षित् घरमा पुर्याउन निस्केका उनि आफैले ज्यान गुमाए ।

साथीको निधन भयो भने पुजल वेहोस अवस्थामा हुन्छन् । कसैले पुजललाई अस्पताल लैजान्छन्, अनि मिना चन्द ठकुरी(आमा) लाई अस्पतालवाट फोन आउँछ । उनलाई छोराको दुर्घटना भएको खबर आएपछि मिनालाई ठूलो चोट पर्छ । पुजलको टाउकोमा गम्भिर चोट लागेको थियो, खुट्टा भाँचिएको थियो । पुजल अस्पतालवाट डिस्चार्ज त भए तर अहिले उनको जिवन फेरीएको छ । उनी अरुको सहारामा खानुपर्छ । ब्यक्तिगत कामका लागि अरुकै सहारा चाहिन्छ ।

मिना चन्द ठकुरी उनै हुन् जसले अप्ठेरोमा परेका सयौं महिलाको सहारा बनेकी छन् । निशुल्क ड्राइभिगं सिकाएर दुख पाएका महिलालाई आत्मनिर्भर बनाउँछिन् । धेरै महिलाको सहारा बनेकी मिना अहिले आफै निकै ठूलो अप्ठेरोमा परेकी छन् । छोराको यस्तो अवस्था भयो, त्यही अवस्थामा सरकारले लागू गरेको लकडाउनका कारण अन्य काम पनि गर्न पाएकी छैनन् । यति धेरै वर्ष अरुको सहारा बनेकी मिनालाई अहिले अरुको सहयोगको खाँचो छ ।

छोराको यस्तो अवस्था भएपछि अब मिनालाई अर्को समस्या छ । कान्छो छोरा र आफ्नो पेट पाल्ने जेठो छोरा पुजलको उपचार गर्ने, काठमाडौंको कोठा भाडा तिर्ने यस्ता समस्या अब कसरी टार्ने भन्ने उनको समस्या छ । दर्दनाक भिडियो तल हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्