ज्वाईँ को ज्यान लिन दिए सासु-ससुराले छिमेकीलाई सुपारी

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १५:५४


सुनसरी । सुनसरी जिल्लामा अनौठो घटना सार्वजनिक भएको छ । एक् हराइरहेका युवकको शव पहिचान भएसँगै उनको ह त्याको रहस्य पनि खुलेको हो । सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षका मिथुन उराँवको ह त्या ससुराली खलकबाट भएको पाइएको छ । उनको ह त्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । अनुसन्धानले गत असार ६ गते ह त्या गरी शव खोला किनारमा गा डेको पत्ता लागेको थियो । उक्त कार्यमा संलग्न रहेका दुई महिलासहित पाँचजनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबै मिथुन उराँवका नातेदार र ससुरालीका छिमेकी रहेका छन् । पक्राउ परेका उनीहरु गढी गाउँपालिका – ६ का रामदेव उराँव, छवनीदेवी उराँव, अजय कुमार उराँव, अरविन कुमार उराँव, प्रमिला उराँव हुन् ।प्रहरीले दिएको जानकारी अनुसार प्रमिला मिथुनकी श्रीमती हुन । रामदेव र छवनी सासु सुरा हुन । अजय र अरविन मिथुनको ह त्याका लागि बोलाइएका छिमेकी हुन ।

अनलाइन खबरमा प्रकाशित एक समाचार अनुसार असार ६ गते प्रहरीले गढी गाउँपालिका– ६ सत्तेरझोडास्थित बुढी खोला पुल छेउको नदी किनारमा आधा पु रे को अवस्थामा मिथुनको शव फेला पारेको थियो ।शव भेटिएपछि उ’त्ख’नन गरी प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो । त्यसपछि शव पहिचानको प्रयास गर्‍यो । असार १० गते देवानगन्ज गाउँपालिका – ७ का जगदिश उराँव छोरा ह रा ए को भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको शव पहिचान गरे ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार ३ असारमा श्रीमती प्रमिलासहित मिथुन ससुराली गएका थिए । सात महिनाअघि विहे गरेका उनीहरुबीच पछिल्लो सम्बन्ध राम्रो थिएन । मिथुन र उसको परिवारले हेला गरिरहन्थे ।
छोरीसँगको सम्बन्ध राम्रो नभएको प्रमिलाकी आमालाई पनि थाहा थियो । ससुराली पुगेपछि आमा–छोरीले मिथुनको ह त्या गर्ने योजना बनाए । योजना अनुसार श्रीमानलाई माइतमै छाडेर प्रमिला एक्लै घर फर्किइन् ।

सासु छवनीदेवीले दिउँसो ४ बजेतिर मेरो ज्वाईले छोरीलाई धेरै दुः’ख दिएको भन्दै छिमेकी ३५ वर्षका अरबिनकुमार उरावसँग मा र्ने सल्लाह गरेको प्रहरी बताउँछ ।प्रमिला घर फर्किएपछि ससुरालीमा रहेका मिथुनलाई सासु ससुराले राम्रै मेजमान गरे । राति म दि रा से वन गराए । राति करिब ९ बजे योजना अनुसार अजयकुमार र अरविन पनि पुगे । दुई जना थपिएपछि सँगै लोकल म दि रा से वन गरे ।

रातको करिब १२ बजे अजयकुमार र अरविनकुमारलाई लगेर ह त्या गर्न अह्राए । म दि राले मा ते का दुई जनालाई जनही दुई हजार पाँचय दिने आश्वासन दिए । योजना अनुसार अजयकुमार उराँव र अरविन कुमार उराँवले डोुरी बोकेर बुढीखोला पुल तर्फ आए । खोला छेउको डिलमा उनीहरुले घाटी थि चेर ह त्या गरेका र ह त्यापछि पुनः घरबाट को दा लो लगी खा ल्डो ख नेर पु रे को प्रहरीको भनाइ छ ।शवको पहिचान खुलेपछि प्रहरीले २४ असारमा श्रीमती प्रमिलालाई नि य न्त्र णमा लिएको थियो । श्रीमती पक्राउ परेको एक दिनपछि मिथुनका सासु ससुरा र अरविन र अजय पक्राउ परेका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्