घट्दो क्रममा कोरोना संक्रमित: शनिवार ७० जना नयाँ संक्रमित थपिए, एक जनाको मृ’त्यु

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १६:४०


काठमाडौं । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या खट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

कोरोनावाट सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको एक जनाको निधन भएको छ। गाउँपालिकास्थित वडा नम्बर ६ का ४५ वर्षिया पुरुषको कोरोनाका कारण निधन भएको हो।

उनी लामो समय देखि नै विरामी रहेको वताइएको छ । उपचारार्थ पाटन अस्पताल भर्ना भएका उनको विहिवार निधन भएको हो । जिल्ला जनस्वास्थ्यका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइले शुक्रवार मात्र त्यसवारे जानकारी पाएको बताएका छन् ।

उनी लामो समयदेखि क्षयरोग पीडित भएको बताइएको छ । पिसाब थैलीबाट रगत बगेपछि उनलाई भक्तपुरको क्षयरोग अस्पाताल लगिएको थियो। भक्तपुरमै छँदा गरिएको स्वाव परिक्षणमा कोरोना पुष्टि भएपछि उनलाई पाटन अस्पताल लगिएको थियो । उनको शव ब्यवस्थापन पनि भइसकेको छ । यस अघि नै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका एक महिलाको निधन भएको थियो। सिन्धुपाल्चोकमा कोरोनावाट निधन हुनेको संख्या २ पुगेको छ।

यो अर्को समाचार, कोरोनाको आशङ्का भएपछि १४९ खरिपाटी क्वारेन्टिनमा
कोरोना भाइरसको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोनाको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टिन लगिएको हो । क्वारेन्टिनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्