कोरोनाका कारण शनिबार ३ जनाको निधन पुष्टि

प्रकाशित मिति : २७ असार २०७७, शनिबार १६:५८


काठमाडौं । शनिवार कोरोनाका कारण ज्यान गएका थप ३ जना पुष्टि भएको छ । जनसंख्या मन्त्रालयले शनिवार थप ३ जना कोरोनाका कारण ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा। जागेश्वर गौतमले गरेको नियमित प्रेस व्रिफिगंका क्रममा थप ३ जनाको निधन भएको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार काठमाडौं १० का एक पुरुषको कोरोनाले निधन भएको छ । त्यसैगरी सिन्धपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको कोरोनाले निधन भएको पुष्टि भएको छ ।

काठमाडौं गोकर्णेश्वरका ७७ वर्षीय पुरुषको पनि निधन भएको छ । उनको पनि कोरोनाले निधन भएको मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा।जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ७० जनामा मात्रै कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्