प्रेमी रोजेको भन्दै सामाजिक संजालमा समाचार आएपछि कुनै सत्यता नभएको पुर्णीकाको भिडियो सार्वजनिक

प्रकाशित मिति : २८ असार २०७७, आईतवार ०९:३३


काठमाण्डौ । पुर्व युवरागी पुर्णीका शाहले आफ्ना बारेमा मिडियमा गलत प्रचार गरिएको भन्दै मिडियालाई त्यसो नगर्न आग्रह गरेकी छन् । उनले गए राति एउटा टिकटक भिडियो मार्फत आफ्नो बारेमा मिडियामा आएका अर्नगल प्रचारप्रति आफ्नो ध्यान केन्द्रित भएको भन्दै मिडियालाई सत्य तथ्य कुरामा पस्कन आग्रह गरेकी हुन् ।

हात जोड्दै पुर्व युवरागी पुर्णीकाले पछिल्लो समयमा मिडियामा आफ्नो बारेमा गरिएको गलत प्रचारप्रति हाँस्दै भनेकी छन्,‘ मेरा बारेमा मिडियामा केही कुरा छापिएको भनेर सुनें । यो कुरामा केही पनि सत्यता छैन । र सबैलाई यो कुरा नपात्याउन अनुरोध गर्दछु ।’ पुर्णीकाले उक्त भिडियोमा बोल्दै गर्दा उनको मुहारमा यस्तो भाव झल्कि रहेको थियो मानौं कि कसैको व्यक्तिगत चरित्रको बारेमा मिडियाले टिआरपिकालागी गरको समाचार सम्प्रेषणमा उनलाई मिडियाको त्यस प्रकारको उग्रताप्रति हाँसो लागी रहेको थियो ।

पछिल्लो समय नेपाली मिडियाहरुमा पुर्व युवरागी पुर्णीका शाहको जीवनसाथीको बारेमा निकै नै चर्चा चलाईएको थियो । नामै तोकेर उमेरले १० वर्ष जेठा पुर्णीकाको बोयफ्रेण्ड फलना भनेर मिडियाले नै किटानी गरेको रहेछ भन्ने कुरा गएराति उनले स्पगिष्टकरण दिंदै सार्वजनिक गरेको टिकटक भिडियोबाट थाहा हुन आएको छ । यतिमात्र नभई मिडियाले पुर्णीकाकी आमा हिमानी शाहले पनि छोरीले मन पराएको व्यक्तिलाई र उनीहरुको सम्बन्धलाई स्वीकार गरेको कुरा पनि मिडियाले प्रकाशित गरेको थियो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्