लिभर क्यान्सरबाट ग्रसित अमिताभ बच्चनलाइ पनि लग्यो कोरोना, अस्पतालबाट भावुक हुदै सार्वजनिक गरे पहिलो भिडियो



काठमाडौँ- भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्। उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन्।७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमाहरुमा काम गरिसकेका छन्।

केहि समय अघि उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको थियो । बच्चन लिभर क्यान्सरबाट ग्रसित छन् । सन् २०१२ मा अमिताभ १२ दिनका लागि अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको सर्जरी समेत भएको थियो। त्यसपछि सन् १९८२ मा फिल्म ‘कूली’को सुटिङ दौरान उनलाई गम्भिर चोट लागेको थियो। परिस्थिती यस्तो थियो कि उनलाई चिकित्सकहरुले ‘क्लिनकल्ली डे’ड’ घोषित गरिसकेका थिए। एक अन्तरवार्तामा अमिताभ स्वयम्ले हेपा’टाइटिसको इन्फेक्सनका कारण आफ्नो ७५ प्रतिशत कलेजो खराब भएको बताएका थिए।

त्यस्तै बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए। उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन्। उनले बुबा र आफूलाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्। कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआत्तिन आग्रह गरेका छन्।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्