सुदूरपश्चिमकी ११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार

प्रकाशित मिति : २८ असार २०७७, आईतवार ११:५५


धनगढी । नेपालकी एक बालिकाले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी छन् । सुदूरपश्चिमकी युवती मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार हात पारेकी हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकी ११ वर्षकी बालिकाले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी हुन् । भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेको बताइएको छ ।

जापानामा आयोजना भएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा उनी प्रथम भएकी हुन्। कक्षा ७ मा अध्ययनरत गुरुधामी ११ वर्षकी छन्। उनले यसअघि पनि चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेकी थिइन्।

आफ्नो गाउँको बालिकाले अन्तराष्ट्रिय पुरस्कार जितपछी स्थानिय खुसी भएका छन् । स्थानियले आफ्नो गाउँको नाम विश्वसामु चिनाउन सफल भएको भन्दै बालिकालाई बधाई दिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्