पहिलो पटक हजुरवुवा बने डा बाबुराम भट्टराई, खुसी हुँदै लेखे यस्तो स्टाटस

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १३:३१


काठमाडौं, २८ असार । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । भट्टराईकी छोरी मानुषी यमी र ज्वाई जेकेन्द्रलाई पुत्र लाभ भएको छ । नेता भट्टराईका अनुसार टिचिंग अस्पतालमा आमा बच्चा दुबैको स्वास्थ्य ठीक छ ।

डाक्टर भट्टराईले एक ट्वीट गर्दै लेखेका छन्, ‘बल्ल हजूरबा भैयो१ छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ१ टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा। गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद !’

अर्को समाचार, मनसुन सक्रिय हुनेक्रम जारी
जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ”,उनले भने ।

न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ३।२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९।५, नेपालगञ्जमा ४।६, धनकुटामा ४४।२, विरेन्द्रनगरमा ६०।७, दिपायलमा ११।२ र धनगढीमा २७।२ मिलिमिटर वर्षा भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्