अमिताभलाई कोरोना पुष्टि भएसंगै रेखाको घरमा पनि कोरोना पस्यो, घर सिल गरियो

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १४:२६


काठमाडौं । बलिउडका महानायक अमिताथ बच्चनलाई कोरोना पुष्टि भएको भोलीपल्टै अर्की अभिनेत्री रेखाको घरमा पनि कोरोना पसेको छ । बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरस पुष्टि भएको हो । सुरक्षा गार्डमा कोरोना भाइरस देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ । मुम्बई महानगरले उनको घरलाई सिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखाको घर बाहिर कोरोनाको जोखिमयुक्त क्षेत्र भनेर सूचना टाँसिएको छ ।

रेखाको घरमा रहेका दुई सुरक्षा गार्ड मध्ये एकजनामा कोरोना पुष्टि भएको हो ।सुरक्षा गार्डमा कोरोना पुष्टि भएको सम्बन्धमा रेखा वा उनका प्रवक्ताले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन् उनको बंगलालाई प्रहरीले सील गरेको छ । रेखाको घर मुम्बईको बान्द्रा इलाकामा रहेको छन । उनकझ घर ‘सी स्प्रिंग्स’ को अगाडी नोटिस जारी गरिएको छ । घरको वरिपरी महानगरले स्यानीटाइज गरिरहेको छ ।

यसअघि बलिउड कलाकार मध्ये अमिर खान, करण जोहर र जान्वही कपुरको घरेलु कामदारलाई कोरोना संक्रमित भेटिएको थियो ।
शनिबार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिशेष बच्चनलाई पनि कोरोना पुष्टि भएको थियो ।

बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको छ । उनले शनिबार साँझ एक ट्वीट गर्दै आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । छोरा अभिषेकले पनि सामाजिक सञ्जाल मार्फत आफुलाई पनि कोरोना पुष्टि भएको जनाएका थिए ।

अमिताभलाई हाल मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । अभिनेता बच्चनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरु तथा परिवारका सदस्यहरुमा समेत कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

७७ बर्षीय बच्चन अभिनित चेहरे,ब्रम्हास्त्र र झुण्ड लगायतका चलचित्रहरु रिलिजको तयारीमा छन् । यसअघि बलिउडकी पाश्र्व गायिका कनिका कपुरमा पनि कोरोना पुष्टि भएको थियो । उनको परिवारका अन्य सदस्यमा भने कोरोना नभएको रिपोर्ट आएको छ । बुहारी ऐश्वर्या र अमिताभको श्रीमती जया बच्चनलाई पनि कोरोना नभएको रिपोर्ट आएको हो । अमिताभ र उनका छोरा अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्