बलिउड कलाकार अनुपम खेरसहित परिवारका चारजना कोरोना संक्रमित

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १४:१८


काठमाडौं । बलिउड कलाकारहरुमा कोरोना पुष्टि भएको खबर सार्वजनिक भइरहेका छन् । शनिवार बलिउडका महानायक अमिताथ बच्चनलाई कोरोना पुष्टि भएको थियो । उनी अस्पताल भर्ना गरिएका छन् । अमिताभलाई कोरोना पुष्टि भएपछि उनका घरका अन्य सदस्यलाई गरिएको परिक्षणमा उनका छोरा तथा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि भयो ।  आइतवार फेरी बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोनाभाइरस पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छन् ।

अनुपमसहित उनकी आमा, भाउजु र भतिजीलाई पनि कोरोना पुष्टि भएको छ । अनुपमले सामाजिक सञ्जाल मार्फत कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट पोजेटिभ पाएको छु।

भारतमा पछिल्लो समय कोरोनाभाइरस तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि कोरोना भएको छ । अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड १९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।

यता, अमिताभलाई कोरोना पुष्टि भएको भोलीपल्टै अर्की अभिनेत्री रेखाको घरमा पनि कोरोना पसेको छ । बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरस पुष्टि भएको हो । सुरक्षा गार्डमा कोरोना भाइरस देखिएपछि मुम्बईस्थित उनको घर सिल भएको छ ।

मुम्बई महानगरले उनको घरलाई सिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेखाको घर बाहिर कोरोनाको जोखिमयुक्त क्षेत्र भनेर सूचना टाँसिएको छ । रेखाको घरमा रहेका दुई सुरक्षा गार्ड मध्ये एकजनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बलिउड कलाकार मध्ये अमिर खान, करण जोहर र जान्वही कपुरको घरेलु कामदारलाई कोरोना संक्रमित भेटिएको थियो । यसअघि बलिउडकी पाश्र्व गायिका कनिका कपुरमा पनि कोरोना पुष्टि भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्