ऐश्वर्या, अभिषेक र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना संक्रमण

प्रकाशित मिति : २८ असार २०७७, आईतवार १५:३१


काठमाडौं । प्रशिद्ध सिने कलाकार अमिताभ बच्चनकी श्रीमती जया बच्चन सहित बुहारी एश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार जया सहित ऐश्वर्या र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ पाइएको छ।

यसअघि हिजो अमिताभ र छोरा अभिषेक बच्चनमा पनि कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको थियो। बच्चनको परिवारका सदस्यमा कोरोना भेटिएपछि घर सिल गरिएको छ भने कोरोना पोजेटिभ देखिएका सदस्यलाई अस्पताल भर्ना गरिएको छ।

त्यस्तै कोरोना बाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावती अस्पतालको आइसोलेशनमा छन् ।

अस्पतालबाट उनले एक भिडियो सन्देश जारी गर्दै डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताए । उनको भिडियो सन्देशमा कोरोना भाइरस विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई इश्वरको उपमा दिएका छन् ।

‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् ? किनकी भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् ।’ उनले भिडियो सन्देशमा भनेका छन्

अहिलेको समय केही कठीन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् । सबै एक भएर काम गरेमा चाँडै अहिलेको कठीन परिवेशबाट बाहिर आउन सकिने उनले उल्लेख गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्