मेरो थोत्रो ज्याकेट देखेर प्रचण्ड र बाबुरामलाई लज्जाबाेध भएछ, आफैलाई बेस्सरी सरापेँ : पूर्वमन्त्री विष्टमगर

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १८:५८


काठमाडौं । कृषी कर्ममा रमाएकापूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले निकै भावुक स्टाटस लेखेका छन् । सर्वहारा वर्गका लागि भन्दै युद्धमा होमिएका नेताको मनोविज्ञान उनले यति धेरै वर्ष पछि सार्वजनिक गरेका छन् । जसलाई आफुले आदर्श मान्थे उनैवाट अपमानित हुनुपर्ला भन्ने उनले सोचेकै थिएनन् ।

सर्वहारा वर्गको मुक्तिका लागि आवाज उठाएका उनै आदर्शवादी नेताको पक्षमा उनी पनि युद्धमा होमिए । तर उनलाई थाहा भयो यो त देखाउने दाँत मात्र रहेछ । उनै आदर्शवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईले आफु माथि गरेको ब्यवहारका कारण अहिले उनी सो पार्टीलाटै अलग भएकाछन् । जिवनको लामो समय विताएको राजनीतिलाई किन तिलाञ्जली दिए भन्ने कुरा उनले खुलाएका छन् । उनले स्टाटस मार्फत आफूलाई खान(लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको घटना स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले आफूलाई खान(लाउन र चल्न नजान्ने भन्दै हेपेको खुलासा गरेका छन् ।

‘उनी फेसवुकमा लेख्छन्, मेरो आदर्श स्खलित भएको दिन । ’ शीर्षक राखेर उहाँ फेसबुकमा लेख्नु हुन्छ( ‘एकदिन पोखरा एअरपोर्टमा क।प्रचण्ड र क।बाबुरामसँग थिए म,भीआइपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो ज्याकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे । मुन्टो निहुराएर कुरा गर्नुभो । मैले सुनिरहे । म अलि पर थिए । सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो । मैले नसुने झैं गरेर सुनिरहे कान थापेर । मलाई नमीठो लाग्यो’

“आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम ‘” हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर(भोगेर भन न न न‘।चक्कर आयो । तर, समालिएर बसे र अडिए । यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो । अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ । म उल्लु रहेछु, धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो ।

आफुले आदर्श मानेका नेतावाट अपमान भोगेपछि राजनीति छोडेको बताउने उनी अहिले कृषी कर्ममा सफल भएका छन् । पूर्व मन्त्री विष्टमगरले अहिले दाङको तुलसीपुर उपमहानगरपालिका(१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गामा ‘ड्रागन’खेती गर्दै आएका छन् । उनको खेती हेर्न र त्यसका बारेमा जानकारी लिन टाढा टाढावाट मानिसहरु आउने गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्