नायिका निता ढुंगानाले खेलेको दोहोरी गीत टिकटकमा भाइरल (हेर्नुहोस्)

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार २२:०५


काठमाडौँ: ‘मायालु आजैलाई’ बोलको गीत सार्वजनिक भएको छ। गीत शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वरमा रहेको छ। प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा संगीत खेम सेञ्चुरीको रहेको छ। गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन्।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीत बसन्त फिल्मस् प्रा.लि.को युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन क्रान्ति केसीको छ। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्। भिडियोमा नीता ढुंगाना र ओबी रायमाझीले अभिनय गरेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्